रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
३० पटक हेरिएको
Shares
रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला

सारांश

  •   रौतहटमा नवविवाहित युवतीको शव बेवारिसे अवस्थामा फेला परेको छ।
  • बिहीबार दिउँसो दुर्गाभगवती गाउँपालिका–५ स्थित साँझ खोलाको झुलुंगे पुलको छेउमा अन्दाजी २५ वर्षीया युवतीको शव घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए बताए।
  • युवतीको पहिचान भएको छैन।

१६ जेठ, रौतहट । 

रौतहटमा नवविवाहित युवतीको शव बेवारिसे अवस्थामा फेला परेको छ। बिहीबार दिउँसो दुर्गाभगवती गाउँपालिका–५ स्थित साँझ खोलाको झुलुंगे पुलको छेउमा अन्दाजी २५ वर्षीया युवतीको शव घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए बताए। युवतीको पहिचान भएको छैन।

शव पोस्टमार्टमका लागि  प्रादेशिक अस्पताल  गौरको शव गृहमा राखिएको प्रवक्ता रायले जानकारी दिए। प्रवक्ता रायले घटना शंकास्पद रहेको बताए। उनका अनुसार एक/दुई दिनअघि कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ