माओवादीले बाँकेबाट पुनः सुरु गर्‍यो तराई-मधेस जागरण अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३२ पटक हेरिएको
Shares
माओवादीले बाँकेबाट पुनः सुरु गर्‍यो तराई-मधेस जागरण अभियान

सारांश

  •   नेकपा (माओवादी केन्द्र) ले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पुनः सुरु गरेको छ।
  •   यही चैत ११ गते चितवनमा पुगेपछि स्थगित भएकाे अभियान बाँकेबाट पुनः सुरु गरिएको माओवादी केन्द्रले जनाएको छ।
  • समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गरेको वृहत् जनप्रदर्शनको तयारीका लागि भन्दै माओवादीले चितवन पुगेपछि अभियान केही दिनको लागि स्थागित गरेको थियो।

२१ चैत, काठमाडौ । 

नेकपा (माओवादी केन्द्र) ले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पुनः सुरु गरेको छ।  यही चैत ११ गते चितवनमा पुगेपछि स्थगित भएकाे अभियान बाँकेबाट पुनः सुरु गरिएको माओवादी केन्द्रले जनाएको छ। समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गरेको वृहत् जनप्रदर्शनको तयारीका लागि भन्दै माओवादीले चितवन

पुगेपछि अभियान केही दिनको लागि स्थागित गरेको थियो।   बुधबार अनेमसंघ क्रान्तिकारीद्वारा बाँकेमा आयोजित लुम्बिनी प्रदेशको सम्मेलनसँगै माओवादीले पुन: अभियानलाई अघि बढाएको हो।  अध्यक्ष प्रचण्डसहितका नेताले बिहीबार बिहान हुलाकी राजमार्ग केन्द्रित अभियान अन्तर्गत कोहलपुर-नौलापुरमा मर्निङवाक गरेका छन्। आज बाँकेको कोहलपुरमा जनयुद्धका सहिद, घाइते.अपांगता भएका व्यक्ति र बेपत्ता परिवारसँग अन्तक्रिया कार्यक्रम गरिएको माओवादी केन्द्रले जनाएको छ।  गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो।  अभियान अन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ।  अब नवलपुर, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुरमा हुलाकी अभियान सुरु गरिने माओवादीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
सिंहदरबारमा मन्त्रिपरिषद बैठक
सिंहदरबारमा मन्त्रिपरिषद बैठक
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न
बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न
माओवादीको जागरण अभियान झापाबाट शुरू हुँदै
माओवादीको जागरण अभियान झापाबाट शुरू हुँदै
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व
चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व
ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’
ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश