Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

माओवादीले बाँकेबाट पुनः सुरु गर्‍यो तराई-मधेस जागरण अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३९ पटक हेरिएको
Shares
माओवादीले बाँकेबाट पुनः सुरु गर्‍यो तराई-मधेस जागरण अभियान

सारांश

  •   नेकपा (माओवादी केन्द्र) ले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पुनः सुरु गरेको छ।
  •   यही चैत ११ गते चितवनमा पुगेपछि स्थगित भएकाे अभियान बाँकेबाट पुनः सुरु गरिएको माओवादी केन्द्रले जनाएको छ।
  • समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गरेको वृहत् जनप्रदर्शनको तयारीका लागि भन्दै माओवादीले चितवन पुगेपछि अभियान केही दिनको लागि स्थागित गरेको थियो।

 

२१ चैत, काठमाडौ । 

नेकपा (माओवादी केन्द्र) ले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पुनः सुरु गरेको छ।  यही चैत ११ गते चितवनमा पुगेपछि स्थगित भएकाे अभियान बाँकेबाट पुनः सुरु गरिएको माओवादी केन्द्रले जनाएको छ। समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गरेको वृहत् जनप्रदर्शनको तयारीका लागि भन्दै माओवादीले चितवन

पुगेपछि अभियान केही दिनको लागि स्थागित गरेको थियो।   बुधबार अनेमसंघ क्रान्तिकारीद्वारा बाँकेमा आयोजित लुम्बिनी प्रदेशको सम्मेलनसँगै माओवादीले पुन: अभियानलाई अघि बढाएको हो।  अध्यक्ष प्रचण्डसहितका नेताले बिहीबार बिहान हुलाकी राजमार्ग केन्द्रित अभियान अन्तर्गत कोहलपुर-नौलापुरमा मर्निङवाक गरेका छन्। आज बाँकेको कोहलपुरमा जनयुद्धका सहिद, घाइते.अपांगता भएका व्यक्ति र बेपत्ता परिवारसँग अन्तक्रिया कार्यक्रम गरिएको माओवादी केन्द्रले जनाएको छ।  गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो।  अभियान अन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ।  अब नवलपुर, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुरमा हुलाकी अभियान सुरु गरिने माओवादीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी हुने
प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी हुने
प्रचण्डको प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी
प्रचण्डको प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल
दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल
मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर