प्रचण्डको प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
२२२ पटक हेरिएको
Shares
प्रचण्डको प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता र शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक रहेको बताएका छन् ।
  • विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक भइरहेको भन्दै प्रचण्डले यो परिस्थितिमा शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दीमा पनि जोड दिएका छन् ।
  • नेपालमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आवश्यक रहेको जनाएका छन् र शुभकामना सन्देशमा लेखेका छन्, ‘सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ ।

 

९ वैशाख,काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता र शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक रहेको बताएका छन् । विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक भइरहेको भन्दै प्रचण्डले यो परिस्थितिमा शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दीमा पनि जोड दिएका छन् ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आवश्यक रहेको जनाएका छन् र शुभकामना सन्देशमा लेखेका छन्, ‘सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ ।’ उनी थप लेख्छन्, ‘नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा म विशेष जोड दिन चाहन्छु ।

सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने महान् उद्देश्यसहित वि.सं. २००६ साल वैशाख ९ (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । स्थापना दिवस नेपालका कम्युनिष्ट पार्टीहरुले आआफ्नै तरिकाले मनाउँदै आएका छन् । प्रचण्डले शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेको भन्दै  साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्णरूपमा स्थापित हुन नसकेको जनाएका छन् । त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहने उनले उल्लेख गरेका छन् । अर्कोतर्फ, वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको भन्दै उनले लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेको उल्लेख गरेका छन् ।

कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको प्रचण्डको भनाइ छ । तसर्थ, नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण संघर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको प्रचण्डले उल्लेख गरेका छन् । ‘इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु,’ उनले भनेका छन् । शुभकामना सन्देशको अन्त्यमा प्रचण्डले लेखेका छन्, ‘विगतको समीक्षा र वैचारिक संश्लेषणका साथ वामपन्थी आन्दोलनको पुनर्गठनको संकल्प लिन सबैमा पुन: आह्वान गर्दछु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुटपिट गरी श्रीमतीको हत्या
कुटपिट गरी श्रीमतीको हत्या
बनेपा–नाला–भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो
बनेपा–नाला–भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो
८ उपसचिव र ११ शाखा अधिकृतको सरुवा
८ उपसचिव र ११ शाखा अधिकृतको सरुवा
तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी
तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी
भारतले उचाल्यो एसिया कपको उपाधि
भारतले उचाल्यो एसिया कपको उपाधि
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु, दुईजना मृत फेला
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु, दुईजना मृत फेला
प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति
प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति
भरुवा बन्दुक  र चोरीका सामानसहित ३ जना पक्राउ
भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना पक्राउ
कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन
कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन