Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
४० पटक हेरिएको
Shares
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री

सारांश

  • गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते शुक्रबार तीनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले आज मन्त्रालयमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंस्रक एवम् सिद्धान्त बिनाको भिडले तिनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको बताए ।
  • “तीनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने उद्देश्य थियो, लक्ष्य थियो ।

 

२० चैत,  काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते शुक्रबार तीनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले आज मन्त्रालयमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंस्रक एवम् सिद्धान्त बिनाको भिडले तिनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको बताए ।

“तीनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने उद्देश्य थियो, लक्ष्य थियो ।” गृहमन्त्री लेखकले भने, “विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार सञ्चारगृह र सञ्चारकर्मीलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भिर छ ।” उनले हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, सञ्चार गृह र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले निष्पक्ष छानविन गरी दोषी पक्षलाई कारवाही गरिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृ*त्यु
धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृ*त्यु
प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग
प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग
अब लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै
अब लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
सरकारले कुलमान घिसिङलाई हटाएकोमा विपक्षीहरूले गरे प्रतिनिधि सभामा विरोध (लाइभ)
सरकारले कुलमान घिसिङलाई हटाएकोमा विपक्षीहरूले गरे प्रतिनिधि सभामा विरोध (लाइभ)
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर
अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर
एनपीएलः पोखरा र सुदूरपश्चिम भिड्दै
एनपीएलः पोखरा र सुदूरपश्चिम भिड्दै
प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना
प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना
कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर
कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर