सर्लाहीको जिरायतमा पोथी हात्ती मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १८, २०८३
|
|
४८ पटक हेरिएको
Shares
सर्लाहीको जिरायतमा पोथी हात्ती मृ*त फेला

सारांश

  • सर्लाहीको बागमती नगरपालिका–४ जिरायतमा करिब १० वर्षको पोथी जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।
  • ब्रहमबाबा सामुदायिक वन नजिकै स्थानीयले लगाएको परोर खेतमा आइतबार बिहान हात्ती मृत फेला परेको हो ।
  • स्थानीयका अनुसार हिजो शनिबार राति करिब ८ बजेतिर बस्ती नजिकै हात्ती देखिएको थियो ।

 १८ असोज, सर्लाही ।

सर्लाहीको बागमती नगरपालिका–४ जिरायतमा करिब १० वर्षको पोथी जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । ब्रहमबाबा सामुदायिक वन नजिकै स्थानीयले लगाएको परोर खेतमा आइतबार बिहान हात्ती मृत फेला परेको हो । स्थानीयका अनुसार हिजो शनिबार राति करिब ८ बजेतिर बस्ती नजिकै हात्ती देखिएको थियो । राति खेततर्फबाट हात्ती कराएको आवाजसमेत सुनिएको उनीहरूले बताएका छन् ।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख विनोद सिंहका अनुसार हात्तीको सुडमा घाउजस्तो देखिएको छ । तर, मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन ।
हात्ती झुण्डमा आएको हुनसक्ने वन कार्यालयको अनुमान छ । घटनास्थल बागमती नदीको छेउमा पर्छ । उक्त क्षेत्रमा यसअघि पनि जङ्गली हात्ती आउने–जाने गरेको स्थानीयले बताएका छन् । हात्तीको मृत्युको कारण पत्ता लगाउन पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली घटनास्थल पुगेको छ । चितवनबाट पशु चिकित्सकको टोलीसमेत घटनास्थलतर्फ आउँदै गरेको डिभिजन वन कार्यालयले जनाएको छ । सर्लाहीका वन तथा नदी आसपासका क्षेत्रमा समय–समयमा जङ्गली हात्ती देखिने गरेका छन् । मृत हात्तीको मृत्युको वास्तविक कारण प्राविधिक परीक्षणपछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु
बालेन सरकारका सय दिन पूर्ण असफल: प्रचण्ड
बालेन सरकारका सय दिन पूर्ण असफल: प्रचण्ड
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
१ लाख १० हजारका कारण सर्लाहीका  एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
भवन माग्दै नारायणी अस्पतालका डाक्टर र नर्सले अवरुद्ध पारे त्रिभुवन राजपथ
भवन माग्दै नारायणी अस्पतालका डाक्टर र नर्सले अवरुद्ध पारे त्रिभुवन राजपथ
पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै
पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै