६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
१५ पटक हेरिएको
Shares
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए

सारांश

  •   सशस्त्र प्रहरीका एक एसपी हेडक्वार्टर तानिएका छन्।
  • रौतहटमा कार्यरत एसपी सन्तोष बस्नेतलाई सशस्त्र प्रहरी बल नेपालको हेडक्वार्टरमा तानिएको हो।
  •   उनको ठाउँमा अर्का एसपी रामहरि अधिकारीलाई खटाइएको हो।

१७ भदौ, काठमाडौँ । 

सशस्त्र प्रहरीका एक एसपी हेडक्वार्टर तानिएका छन्। रौतहटमा कार्यरत एसपी सन्तोष बस्नेतलाई सशस्त्र प्रहरी बल नेपालको हेडक्वार्टरमा तानिएको हो।  उनको ठाउँमा अर्का एसपी रामहरि अधिकारीलाई खटाइएको हो।  एपीएप हेडक्वार्टर स्रोतका अनुसार गत साउन २९ गते चिनीको गोदाममा प्रहरीले छापा मारेको थियो। त्यहाँ अवैध रुपमा लुकाइएको चिनिका ७०० बोरा बरामद गरिएको थियो। तर, १०० बोरामात्रै देखाएर ६०० बोरा गायब गरेको आरोप एसपी बस्नेतमाथि छ। यसअघि एपीएफ हेडक्वार्टरले सीमा भन्सारमा राजस्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि उनै एसपी बस्नेतसहित १६ जनाको जिम्मेवारी खोसिएको थियो। सशस्त्रका इकाइहरूमा कमान्डरको रुपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतहरूको राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकैपटक एसपी सहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको हो।

प्रधान कार्यालयले आइतबार १ एसपी , १ डीएसपी , ७ इन्सपेक्टर , ६ सई र १ असई गरी १६ जनालाई कमान्डको जिम्मेवारीबाट हटाएको जानकारी दिएको थियो।  त्यस्तै बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बीओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा बेस बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोस्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकरप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको जानकारी हेडक्वार्टरले यसअघि नै दिएको थियो।

यस्तै पर्सा जिल्लास्थित बोर्डर आउट पोस्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सन्जीव बानीया क्षेत्री, बीओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा, सुरक्षा बेस बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेस जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको छ।

यसैगरी पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोस्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रुपक नापीत र कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन चन्द, बोर्डर आउट पोस्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बीओपी फूलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर चन्द, बीओपी लल्लिपुरका सशस्त्र प्रहरी नायब निरीक्षक मोहन राम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोस्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्य प्रकाश पन्तलाई समेत जिम्मेवारीबाट हटाइएको हो।

सीमा इलाकामा कार्यरत कमान्डरहरूलाई मुख्यालयबाट समेत सुक्ष्म रुपमा निगरानी बढाइएको छ। सन्तोषजनक काम नगर्ने गणपतिसहितका दर्जनौँ अधिकृतहरू यसअघि पनि समय नपुग्दै जिम्मेवारीबाट हटाइएका र कारबाहीमा समेत परेका छन्।  मुख्यालयले अन्य प्रदेशमा समेत सुक्ष्मरुपमा निगरानी बढाएको छ। गण, गुल्म तथा बीओपी कमान्डमा रहेका केही अधिकृतमाथि पनि निगरानी बढाइएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
पोखरा महानगरपालिकामा अख्तियारको छापा
पोखरा महानगरपालिकामा अख्तियारको छापा
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
आज पनि बढ्यो अमेरिकी डलरको मूल्य
आज पनि बढ्यो अमेरिकी डलरको मूल्य
सिरहाका एसपीपछि लहानका डीएसपी पनि हेडक्वार्टर तानिए
सिरहाका एसपीपछि लहानका डीएसपी पनि हेडक्वार्टर तानिए
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो