प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी

सारांश

  • मंगलबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा कर्णाली प्रदेशले दिएको ९२ रनको सामान्य लक्ष्य गण्डकीले ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।
  • ९२ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीका शुरुवाती ब्याटर सस्तैमा आउट भएपछि दबाबमा परेका बेला दीपक डुम्रे र सुजन गौतमले सम्हालिएर खेल्दै पारी उकासेर २९ दशमलव १ ओभरमा टिमलाई जित दिलाए ।
  • १२ ओभरको खेल सकिँदा २२ रनमा ६ विकेट गुमाइसकेको अवस्थामा उनीहरुले राम्रो साझेदारी गर्दै नतिजा आफ्नो पक्षमा पारे ।

२७ फागुन, दाङ — प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता-२०८१ मा दीपक डुम्रेको अविजित अर्धशतकमा गण्डकी प्रदेशले कर्णाली प्रदेशविरुद्ध ४ विकेटको जित निकालेको छ । मंगलबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा कर्णाली प्रदेशले दिएको ९२ रनको सामान्य लक्ष्य गण्डकीले ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

९२ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीका शुरुवाती ब्याटर सस्तैमा आउट भएपछि दबाबमा परेका बेला दीपक डुम्रे र सुजन गौतमले सम्हालिएर खेल्दै पारी उकासेर २९ दशमलव १ ओभरमा टिमलाई जित दिलाए । १२ ओभरको खेल सकिँदा २२ रनमा ६ विकेट गुमाइसकेको अवस्थामा उनीहरुले राम्रो साझेदारी गर्दै नतिजा आफ्नो पक्षमा पारे । दीपकले ७ चौकाको मद्दतमा ५० रन र सुजनले ३ चौकाको मद्दतमा २२ रन बनाए । टिमलाई जित दिलाउन अविजित अर्ध शतक बनाएका दिपक प्लेयर अफ द म्याच भए ।

कर्णालीका लागि दिवान पुनले ३ विकेट लिँदा दीपेन्द्र रावतले २ विकेट र युनिष ठकुरीले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका कुनै पनि खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । कर्णालीका लागि विपिन शाहीले २० रन, अर्जुन घर्तीले १७, विपिन रावलले १५, हिमांशु शाहीले १२ रन बनाउनुबाहेक अरु खेलाडीले रन जोड्न नसक्दा २७ दशमलव २ ओभरमा अलआउट हुँदै केवल ९१ रन बनायो । कर्णालीलाई सस्तैमा समेट्न गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले समान २-२ विकेट लिए । यस्तै, सन्दीप पराजुली र अमृत गुरुङको नाममा १-१ विकेट रह्यो ।

प्रतियोगितामा गण्डकीले दुई खेलमा पहिलो जित निकाल्दै २ अंक जाोडेको छ । यसअघि गण्डकीले सुदूरपश्चिम प्रदेशसँग ६ विकेटको हार व्यहोरेको थियो । अब बिहीबार विभागीय टिम एपीएफ र मधेश प्रदेशबीच खेल हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टिम सहभागी छन् । दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेल राउन्ड रोविनका आधारमा भइरहेका छन् । हरेक टिमले एक अर्को टिमसँग खेल्नेछन् । आगामी चैत १६ सम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने
सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने
रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन