समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
२४९ पटक हेरिएको
Shares
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा

सारांश

  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेशमा सरकार परिवर्तनको संकेत गरेका छन् ।
  • कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मा उनले प्रदेश सरकार परिवर्तनको संकेत गरेका हुन् ।
  • ‘नेकपा एमाले र हाम्राबीच भएको समझदारीको आधारमा कर्णाली प्रदेशमा हामीले नेतृत्व गरेर सरकार चलाउने बेला आएको छ,’ उनले भने, ‘हाम्रो नेतृत्वमा हामी सरकार चलाउँछौं ।

२८ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेशमा सरकार परिवर्तनको संकेत गरेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मा उनले प्रदेश सरकार परिवर्तनको संकेत गरेका हुन् । ‘नेकपा एमाले र हाम्राबीच भएको समझदारीको आधारमा कर्णाली प्रदेशमा हामीले नेतृत्व गरेर सरकार चलाउने बेला आएको छ,’ उनले भने, ‘हाम्रो नेतृत्वमा हामी सरकार चलाउँछौं ।’

सभापति थापाले कर्णाली प्रदेशमा पार्टीको नेतृत्वमा सरकार बन्ने भन्दै गर्दा दर्शकदीर्घाबाट तालीको बजेको थियो । त्यसप्रति इंगित गर्दै उनले भने, ‘सरकार बन्छ भन्दै गर्दा थपडी तपाईंहरूले बजाउनु भएको छ । एक वर्षपछि फेरि आउँछौं हामी । बीचमा पनि आउँछौं । आएको बेलामा, हाम्रो नेतृत्वको कर्णाली सरकारले कर्णालीको हितमा यो–यो काम गर्‍यो भनेर मुख्यमन्त्रीले बोल्दै गर्दा त्यहाँ बसेर मैले र विश्वप्रकाशले थपडी बजाउन पाउनुपर्छ ।’ सभापति थापाले कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने दोहोर्‍याउँदै आफूहरूलाई ‘डेलिभरी’ बाहेक केही पनि नचाहिएको बताए । सरकार बन्ने कुरा हामीलाई छोडिदिनुस् । बन्छ,’ उनले भने, ‘तर, सरकार बनिसकेपछि हामीलाई डेलिभरी चाहियो । हामीलाई केही पनि चाहिँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
आजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
सुमनाले छोडिन् रास्वपा
सुमनाले छोडिन् रास्वपा
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
रुसको कामचाट्का प्रायद्वीपमा फेरि शक्तिशाली भूकम्प
रुसको कामचाट्का प्रायद्वीपमा फेरि शक्तिशाली भूकम्प
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि
हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि