९ वर्षयता पहिलो पटक पाकिस्तान भ्रमणमा भारतीय विदेशमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
३० पटक हेरिएको
Shares
९ वर्षयता पहिलो पटक पाकिस्तान भ्रमणमा भारतीय विदेशमन्त्री

सारांश

  • भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका क्रममा मंगलबार पाकिस्तान जाँदैछन् ।
  • सांघाई सहयोग संगठन (एससीओ)को बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान जान लागेका हुन् ।
  • भारतीय विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री जयशंकरले सांघाई सहयोग संगठनको सम्मेलनमा सहभागिता जनाउने छन् ।

२९ असोज , नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका क्रममा मंगलबार पाकिस्तान जाँदैछन् । सांघाई सहयोग संगठन (एससीओ)को बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान जान लागेका हुन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री जयशंकरले सांघाई सहयोग संगठनको सम्मेलनमा सहभागिता जनाउने छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उक्त सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका थिए । तर मोदी पाकिस्तान नजाने भएपछि विदेशमन्त्री जयशंकरले भारतको प्रतिनिधित्व गर्न लागेका हुन् ।करिब ९ वर्षमा पहिलो पटक भारतीय विदेशमन्त्रीले पाकिस्तानको भ्रमण गर्दैछन् ।

यसअघि डिसेम्बर २०१५ मा भारतको तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तान भ्रमण गरेकी थिइन् । मंगलबार सुरु भएर बुधबारसम्म चल्ने दुई दिने सम्मेलनमा सहभागी हुन लागेका भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानमा २४ घण्टाभन्दा कम समय बिताउनेछन् ।भारत र पाकिस्तानबिचको सम्बन्ध त्यति राम्रो नरहेको अवस्थामा भारतीय विदेशमन्त्रीको भ्रमण हुन लागेको छ । यद्यपि भारतीय विदेशमन्त्रीले पाकिस्तान सरकारका प्रतिनिधिसँग भ्रमणका क्रममा छुट्टै भेट नगर्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने
नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने
विश्वविद्यालयको छतबाट हाम फालेर युवकले गुमाए ज्यान
विश्वविद्यालयको छतबाट हाम फालेर युवकले गुमाए ज्यान
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री
संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री
नेपालगन्जमा २२ सय करदाता निलम्बन
नेपालगन्जमा २२ सय करदाता निलम्बन
विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट
विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट
बैतडीमा जिप दु*र्घटना हुँदा ३ जनाको मृ*त्यु
बैतडीमा जिप दु*र्घटना हुँदा ३ जनाको मृ*त्यु
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
आजको फलफूल तथा तरकारीको मूल्यसूची
आजको फलफूल तथा तरकारीको मूल्यसूची
वैदेशिक रोजगारका लागि एक वर्षमै ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति
वैदेशिक रोजगारका लागि एक वर्षमै ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति