सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
४३ पटक हेरिएको
Shares
सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर

सारांश

  •      जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध हुनुहुन्छ ।
  • विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गर्नुभएका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गर्नुभएको हो ।
  • विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेको बताउँदै थापाले अहिले आफ्नै सात रोपनी जग्गामा खेती गरिरहेको जानकारी दिनुभयो ।

६ चैत, दमौली (तनहुँ) ।    

जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध हुनुहुन्छ । विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गर्नुभएका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गर्नुभएको हो । विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेको बताउँदै थापाले अहिले आफ्नै सात रोपनी जग्गामा खेती गरिरहेको जानकारी दिनुभयो । गाउँको जग्गा बाँझो भएका यहाँ आएर सागसब्जी खेतीलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

थापाले भन्नुभयो, “अन्यत्र अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो । गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गरिरहेको छु, अहिले आम्दानीसँगै बचत पनि भइरहेकाले सन्तुष्ट छु ।”  सुरुमा थानकोटमा जग्गा भाडामा लिएर सागसब्जी खेती सुरु गरेको भन्दै उहाँले त्यहाँ गोलभँेडा उत्पादन नभएपछि गाउँ फर्किएको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “खैरेनीटारमा गोलभेँडा उत्पादन भएन । जग्गाको भाडा तिर्ने खर्च पनि जुटाउन गाह्रो भएपछि माटोको परीक्षण र अनुसन्धान गरेँ । त्यहाँको माटो उपयुक्त नरहेको पाएपछि २०७९ सालमा गाउँ फर्किएँ ।”  अहिले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको थापाले जानकारी दिनुभयो । उत्पादित सागसब्जी बिक्रीका लागि बजारको समस्या नरहेको भन्दै उहाँले सिँचाइ अभाव भएकाले ४० हजार लिटरको पोखरी बनाएर प्रयोग गरिरहेको बताउनुभयो ।

दुई वटा टनेलबाट सुरु गरेको सागसब्जी खेतीलाई विस्तार गर्दै अहिले ११ वटा टनेल बनाएको थापाले बताउनुभयो । यहाँ बोडी, सिमी, काँक्रो, भिन्डी, फर्सी, लौका, अकबरे, गोलभेँडा, करेला उत्पादन भइरहेका छन् । उहाँले भन्नुभयो, “सागसब्जी कहाँ बिक्री गर्ने भन्ने समस्या छैन । दुलेगौँडा, खैरेनीटार, भिमादलगायत स्थानीयस्तरमा खपत भइरहेको छ ।  (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारबाट पक्राउ
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारबाट पक्राउ
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र
मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए
रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए
विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइयो
विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइयो
जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो
जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो