सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर

सारांश

  •      जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध हुनुहुन्छ ।
  • विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गर्नुभएका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गर्नुभएको हो ।
  • विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेको बताउँदै थापाले अहिले आफ्नै सात रोपनी जग्गामा खेती गरिरहेको जानकारी दिनुभयो ।

६ चैत, दमौली (तनहुँ) ।    

जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध हुनुहुन्छ । विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गर्नुभएका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गर्नुभएको हो । विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेको बताउँदै थापाले अहिले आफ्नै सात रोपनी जग्गामा खेती गरिरहेको जानकारी दिनुभयो । गाउँको जग्गा बाँझो भएका यहाँ आएर सागसब्जी खेतीलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

थापाले भन्नुभयो, “अन्यत्र अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो । गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गरिरहेको छु, अहिले आम्दानीसँगै बचत पनि भइरहेकाले सन्तुष्ट छु ।”  सुरुमा थानकोटमा जग्गा भाडामा लिएर सागसब्जी खेती सुरु गरेको भन्दै उहाँले त्यहाँ गोलभँेडा उत्पादन नभएपछि गाउँ फर्किएको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “खैरेनीटारमा गोलभेँडा उत्पादन भएन । जग्गाको भाडा तिर्ने खर्च पनि जुटाउन गाह्रो भएपछि माटोको परीक्षण र अनुसन्धान गरेँ । त्यहाँको माटो उपयुक्त नरहेको पाएपछि २०७९ सालमा गाउँ फर्किएँ ।”  अहिले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको थापाले जानकारी दिनुभयो । उत्पादित सागसब्जी बिक्रीका लागि बजारको समस्या नरहेको भन्दै उहाँले सिँचाइ अभाव भएकाले ४० हजार लिटरको पोखरी बनाएर प्रयोग गरिरहेको बताउनुभयो ।

दुई वटा टनेलबाट सुरु गरेको सागसब्जी खेतीलाई विस्तार गर्दै अहिले ११ वटा टनेल बनाएको थापाले बताउनुभयो । यहाँ बोडी, सिमी, काँक्रो, भिन्डी, फर्सी, लौका, अकबरे, गोलभेँडा, करेला उत्पादन भइरहेका छन् । उहाँले भन्नुभयो, “सागसब्जी कहाँ बिक्री गर्ने भन्ने समस्या छैन । दुलेगौँडा, खैरेनीटार, भिमादलगायत स्थानीयस्तरमा खपत भइरहेको छ ।  (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
भालुको आक्रमणबाट एक जनाको मृत्यु
भालुको आक्रमणबाट एक जनाको मृत्यु
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते
कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृ*त्यु
कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृ*त्यु
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता
रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान
पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु