प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आज आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले प्रधानमन्त्री ओलीसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।
  • सो अवसरमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकार बनेकाले सोही बमोजिम प्रभावकारी ढङ्गबाट कामकाज गर्न निर्देशन दिनुभयो ।

 

१३ जेठ,काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आज आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले प्रधानमन्त्री ओलीसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकार बनेकाले सोही बमोजिम प्रभावकारी ढङ्गबाट कामकाज गर्न निर्देशन दिनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेकाले नियमित ‘रिपोर्टिङ’ गर्ने र निर्देशन पालना गर्ने सवालमा केन्द्र अझ सक्रिय हुनुपर्नेमा जोड दिँदै विकास र सुशासनको वाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणका लागि सम्बद्ध सबै पक्षले इमानदारीपूर्वक तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

प्रतिवेदनमा १६औँ योजनाको लक्ष्यअनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमन, छड्के जाँचलगायतका काम गर्दै आएको उल्लेख छ । अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने गर्दछ । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालसहित उच्चाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?