लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १५, २०८०
|
|
५२ पटक हेरिएको
Shares
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित

सारांश

  •  लुम्बिनी विकास कोषको हाताभित्र बनाइएका बिहारहरूमा पर्यटक, धार्मिक पर्यटक वा तीर्थयात्रीका नाममा गरिँदै आएका होटल व्यवसाय अविलम्ब बन्द गर्न माग राख्दै यहाँका व्यवसायीहरूले आन्दोलन शुरू गरेका छन् ।
  • लुम्बिनी होटल संघ नेपालले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरूमा पर्यटक राख्ने व्यवस्था अविलम्ब रोक लगाउन माग गर्दै लुम्बिनी विकास कोषविरुद्ध आन्दोलन शुरू गरेको हो ।
  • संघले ‘गरी खान देउ’ भन्ने नाराका साथ आन्दोलन थालेको अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए ।

१५ चैत, बुटवल । लुम्बिनी विकास कोषको हाताभित्र बनाइएका बिहारहरूमा पर्यटक, धार्मिक पर्यटक वा तीर्थयात्रीका नाममा गरिँदै आएका होटल व्यवसाय अविलम्ब बन्द गर्न माग राख्दै यहाँका व्यवसायीहरूले आन्दोलन शुरू गरेका छन् ।

लुम्बिनी होटल संघ नेपालले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरूमा पर्यटक राख्ने व्यवस्था अविलम्ब रोक लगाउन माग गर्दै लुम्बिनी विकास कोषविरुद्ध आन्दोलन शुरू गरेको हो । संघले ‘गरी खान देउ’ भन्ने नाराका साथ आन्दोलन थालेको अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । आन्दोलन कार्यक्रमअन्तर्गत आजदेखि शुरू भएको अनिश्चितकालीन धर्ना माग पूरा नभएसम्म जारी रहने उनले बताए । लुम्बिनी विकास कोषको कार्यालय प्रांगणमा शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गर्ने, तीन दिनसम्म दिनको २ घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने उनको भनाइ छ ।

सयौं कोठाहरू पर्यटक राख्ने गरी बिहारहरू बनाइएको तथा बिहार र गुम्बा भनिने ठाउँहरू बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना नभई व्यापारको थलो बनेको उनको भनाइ छ । समस्या समाधानको माग गर्दै गत फागुन २९ गते ७ दिनको समय दिएर ज्ञापनपत्र बुझाइएकोमा अघिल्ला वर्षहरू जस्तै बिहारहरूलाई एक एक थान पत्र बुझाउनुबाहेक कुनै ठोस कदम नचालिएको ज्ञवालीले बताए । संघका महासचिव पुरुषोत्तम अर्यालले नियमविपरीत बिहारमा होटल व्यवसाय सञ्चालन गरेको कार्यविरुद्ध १२ वर्षदेखि आफूहरू लड्दै आएको र हालसम्म मागको सुनुवाइ नभएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो
घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो
मधेसको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस 
मधेसको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस 
मलेसियाका पूर्वप्रधानमन्त्री शक्ति दुरुपयोगको आरोपमा दोषी ठहर
मलेसियाका पूर्वप्रधानमन्त्री शक्ति दुरुपयोगको आरोपमा दोषी ठहर
बङ्गलादेशको विमानस्थलमा बमको धम्की, हतारमा ओरालियो यात्रु
बङ्गलादेशको विमानस्थलमा बमको धम्की, हतारमा ओरालियो यात्रु
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड
स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड
अमेरिकाले गर्‍यो एकैदिन ९१ नेपालीलाई देश निकाला
अमेरिकाले गर्‍यो एकैदिन ९१ नेपालीलाई देश निकाला
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय