एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
१९ पटक हेरिएको
Shares
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह

सारांश

  •   उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिनुभएको छ ।
  • बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
  • उहाँले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनु भयो ।

१५ साउन, काठमाडौं । 

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिनुभएको छ ।बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनु भयो ।

वर्तमान सरकारले ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको बताउनु भयो । गत निर्वाचन सकिनासाथ सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराउनु भयो । आफूहरु मन्त्री, उपप्रधानमन्त्री र सांसद बन्छु भनेर त्यसबेला पार्टीमा आवद्ध भइ आन्दोलनमा नहोमिएको बताउनु भयो । आन्दोलनमार्फत आफूहरुले जनताको अधिकार पुनःवहाली गरेको बताउनु भयो । उहाँले अबको काम प्राप्त अधिकारलाई सुरक्षित गर्नु रहेको पनि बताउनु भयो ।  उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो । केही प्राप्त होला, उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन । जनताको अधिकार खोसिएको छ, त्यसको पुनःवहाली गर्न ज्यान समर्पण गर्नपरे पनि गर्ने भनेर राजनीतिमा लागेका हौँ ।

हामीले पार्टीलाई अझ व्यवस्थित गर्नको लागि के नै गुमाउनुपरेको छ र ? जेल जानुपर्छ ? पहिला त जेल जानुपर्ने, पुलिसको लाठी खानुपर्ने, निर्वासित जीवन बिताउनुपर्ने, परिवारसँग अलग भएर बस्नुपर्ने, परिवारको अवस्था नाजुक हुने थियो । त्यो सबै चुनौतिको सामना गरेर हामीले अधिकारका लागि लडेका हौँ । अब तपाईं हाम्रो काँधमा प्राप्त अधिकारलाई सुरक्षित गर्न नेपाल्ी काँग्रेस पार्टीको नेतृत्व अघि बढ्दा राम्रो हुन्छ । सरकारमा गएर के न भयो भन्छ । सरकारमा निर्वाचन सकिनासाथ काँग्रेस सरकारमा जान नपाउँदा के भएको थियो भन्ने ति दिनहरु सम्झना गरौँ । सरकारमा खालि सत्तामा जान, मन्त्री, उपप्रधानमन्त्री हुन मात्रै गएका होइनौँ । सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आँकलन नगरौँ ।

राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर अरु दलहरुलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ । नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो । जनताले के भन्न थाले भने सरकारको बनेदेखि दिनगन्ती शुरु हुन्छ । जनताका विषयमा सरकारले के काम गर्दछ ? भन्न थाले । स्थिरता र स्थायित्व चाहियो भनेपछि अहिलेको गबठन्धनको आवश्यकता भएर बनेको हो । उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताउनु भयो । काँग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने बताउनु भयो । काँग्रेसलाई चुनौतिको सामना गर्नसक्ने बनाउनु बाहेकको उद्देश्य आफूमा नरहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा
सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता
उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता
त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत
त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत
पक्राउ परेको ९ दिनमै मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दायर
पक्राउ परेको ९ दिनमै मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दायर
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाईः मन्त्री अधिकारी
सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाईः मन्त्री अधिकारी