त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो

सारांश

  • पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ ।
  • नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् ।
  • शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् ।

५ साउन, काठमाडौं । पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ ।

नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् । बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिंडेको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए ।

सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ । दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता भएका थिए । नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । ३९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव भेटिएका छन् । चितवनतर्फ ५, पश्चिम नवलपरासीमा १ र बाँकी १७ वटा शव पूर्वी नवलपरासीमा भेटिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आशिका तामाङलाई पाँच दिन कैद सजाय
आशिका तामाङलाई पाँच दिन कैद सजाय
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
राष्ट्रिय सभाका अध्यक्ष रसमिति सभापति बिच छलफल
राष्ट्रिय सभाका अध्यक्ष रसमिति सभापति बिच छलफल
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
पार्किङ हटाइएपछि सटर बन्द गरेर न्युरोडका व्यवसायी आन्दोलित
पार्किङ हटाइएपछि सटर बन्द गरेर न्युरोडका व्यवसायी आन्दोलित
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क