भुटानका राजा पर्सि काठमाडौं आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
५६ पटक हेरिएको
Shares
भुटानका राजा पर्सि काठमाडौं आउँदै

सारांश

  • भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही मंसिर २१ गते काठमाडौं आउने भएका छन् ।
  • उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् ।
  • र, सोही दिन काठमाडौंबाट फर्किने छन् ।

१९ मंसिर, काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही मंसिर २१ गते काठमाडौं आउने भएका छन् । उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । र, सोही दिन काठमाडौंबाट फर्किने छन् ।

विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने स्रोतको भनाइ छ । भुटानी राजा केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइएको छ । उनको सुरक्षाका लागि नेपाली सेनाले अभ्यास समेत गरेको छ । भुटानका राजाले काठमाडौंमा कसैलाई भेट्छन् कि भेट्दैनन् भन्ने खुलिसकेको छैन । यद्यपि स्वयम्भू र बौद्धनाथ दर्शन गरेर फर्किनसक्ने सम्भावना छ,’ स्रोतले

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भुटानी राजाको भ्रमण तालिका अनुसार वाङचुक ९ः१० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । सोही दिन ११ः३० बजे उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट्ने र शुक्रबार बिहान ८ बजे भारतबाट फिर्ता हुने तालिका छ । भारत भ्रमण सकेपछि उनी काठमाडौंमा केहीबेर बिताएर फर्किने बताइएको छ । भन्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?
सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?
हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित
हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित
प्रहरीलाई कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
प्रहरीलाई कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृ*त्यु, ५ जना घाइते
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृ*त्यु, ५ जना घाइते
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता
तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता