पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
२४ पटक हेरिएको
Shares
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ

सारांश

  •   पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन्।
  •  पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो।
  • गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो।

७ असार, पोखरा । 

पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन्। पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो।गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको पन्जाब, अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ४७ वर्षीय रामबहादुर बिक छन्। उनीहरूलाई सुनका विभिन्न गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको एसपी श्यामबाबु ओलियाले जानकारी दिए। उनीहरुको साथबाट ८२ तोला बढी सुनचाँदीका गरहगना फेला परेका छन्। ‘दुवै जना सुनको काम गर्ने भएकाले उनीहरुले गहना ल्याएर नेपाली बजारमा बिक्री गर्ने सल्लाह गरेको पाइएको छ । कुलदीप पछिल्लो समयमा भारतमा युपि, गोरखपुर, बिहार, उडिसा, दिल्ली हरियाणालगायतका स्थानमा सुनका गरगहना बेच्दै हिँड्ने गर्ने रहेछन्’, कास्की प्रहरी प्रमुख ओलियाले भने, ‘नेपालका बिकलाई सहयोगी बनाएर यहाँका सहरमा बिक्री गर्ने योजना बनाएको देखिन्छ ।’

बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र, पोते लगायत छन्। दुवै जना चुनचाँदीका गरहगना बनाउने कालिगड हुन्। पञ्जापका सिंहले भारतमै सुनचाँदीका गहना बनाउने काम गर्थे भने विकले नेपालमा। विकले सिंहको सहयोगीका रुपमा नेपाली बजारमा सुन ल्याएर बिक्री गर्न सघाउने गरेका थिए। उनीहरूबिच फेसबुकमार्फत ३ वर्षअघिदेखि सम्पर्क रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने कुलदिप सिंहले नेपालमा पनि कारोबार गर्ने योजना बनाएका थिए।  सोही क्रममा अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट सुन ल्याइ नेपालमा विक्री गर्न लागेको प्रहरीले जनाएको छ। कुलदिपसँगै पोखरा आएका रामबहादुरले बिक्रीबाट केही रकम पाउने सर्तमा साथ दिएको स्वीकारेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?