अयोध्याको राम मन्दिर दर्शन गर्न पुगे नेपाली सांसद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २५, २०८०
|
|
३४ पटक हेरिएको
Shares
अयोध्याको राम मन्दिर दर्शन गर्न पुगे नेपाली सांसद

सारांश

  • भारतको अयोध्यामा राम मन्दिर उद्घाटन भएपछि नेपाली सांसदहरू मन्दिरको दर्शन गर्न पुगेका छन् ।
  • उद्घाटनको दिन विभिन्न देशका प्रतिनिधिहरू त्यहाँ उपस्थित थिए ।
  • सर्वसाधारणका लागि खुल्ला गरेपछि भने पर्यटकको रूपमा त्यसको दर्शन गर्ने नेपाली टोली पहिलो भएको बताइएको छ ।

२५ माघ, काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिर उद्घाटन भएपछि नेपाली सांसदहरू मन्दिरको दर्शन गर्न पुगेका छन् ।

उद्घाटनको दिन विभिन्न देशका प्रतिनिधिहरू त्यहाँ उपस्थित थिए । सर्वसाधारणका लागि खुल्ला गरेपछि भने पर्यटकको रूपमा त्यसको दर्शन गर्ने नेपाली टोली पहिलो भएको बताइएको छ । प्रतिनिधि सभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोरको नेतृत्वमा सांसद तथा समितिका कर्मचारीहरू माघ १६ गते भारतको दिल्ली पुग्दा कार्यतालिकामा अयोध्याको राम मन्दिर दर्शन गर्ने थिएन । भर्खर उद्घाटन भएको राम मन्दिर दर्शन गर्ने इच्छा सांसदहरूलाई नभएको होइन । उनीहरूले भारतीय दूतावाससँग त्यो इच्छा पनि जाहेर गरेका थिए तर सुरक्षाको कारण देखाउँदै राममन्दिर दर्शन गर्ने कार्य भ्रमण कार्यतालिकामा राखिएको थिएन ।

सांसदहरूलाई उत्तर प्रदेश लग्ने, त्यहाँका मुख्यमन्त्री, राज्यपाल, विधान सभाका सभाध्यक्षलगायत उच्च स्तरीय भेटघाट तथा काशी विश्वनाथको दर्शन गर्ने कार्यतालिका थियो तर अयोध्याको राम मन्दिर दर्शन गर्ने कुरा उल्लेख थिएन । समितिका सभापति राजकिशोर यादवले भने, ‘उत्तर प्रदेश जाने भएपछि राम मन्दिरको दर्शन नगर्ने कुरा हुँदैन । हामीले पनि सम्बन्धित ठाउँमा प्रस्ताव राख्यौँ तर भर्खर उद्घाटन भएको कारण सुरक्षा व्यवस्था निकै कडा गरिएको रहेछ । त्यसैले तालिकामा राख्न गाह्रो छ भनेपछि हामीले पनि त्यसो भए ठिकै छ भनेर छाडेका थियौँ ।’ भ्रमण तालिकामा नै नभएपछि राम मन्दिरको दर्शन गर्ने मन उनीहरूले मारिसकेका थिए । भारत सरकारले बनाएको तालिकाअनुसार माघ २३ गते बिहान १० बजे नेपाली प्रतिनिधिमण्डल उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न गएका थिए ।

भेटको क्रममा मुख्यमन्त्री योगीले नै ‘तपाईंहरु भगवान् श्रीरामको दर्शन गर्नुभयो कि नाइँ ?’ भनी सोधेका थिए । त्यसपछि समितिका सभापति यादवले आफूहरूलाई इच्छा भएको तर राम मन्दिरमा दर्शन कार्यक्रम कार्यतालिकामा नै नराखिएको सुनाएका थिए । त्यसपछि मुख्यमन्त्री योगीले ‘यस्तो पनि कहीँ हुन्छ ?, लखनउ आउने अनि राम मन्दिरको दर्शन नगरी फर्किने हुन्छ ?’ भन्दै तुरुन्तै फोन गरेर नेपालबाट आएका सांसदहरूलाई दर्शनको व्यवस्था मिलाउन निर्देशन दिएका थिए । साँच्चै अयोध्याको राम मन्दिर ऐतिहासिक र भव्य मन्दिर रहेको छ र त्यसपछि अन्तर्राष्ट्रिय जगतको ध्यानाकृष्ट भएको उनले बताए । दर्शन गर्नेहरूका लागि व्यवस्थापन राम्रो पाएको उनले बताए ।  आफूले मुख्यमन्त्री योगीसँगको भेटघाटमा नै जनकपुरबिना अयोध्या अधुरो भएको कारण अयोध्या जस्तै जनकपुरलाई पनि विकास गर्न सहयोग गर्न आग्रह गरेको सभापति यादवले बताए । मुख्यमन्त्री योगी पनि त्यसमा सकारात्मक रहेको आफूले पाएको उनले बताए । भारतबाट सांसदहरू बुधबार साँझ नेपाल फर्केका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलद्वारा गाजामा आक्रमण, १३ जनाको मृत्यु
इजरायलद्वारा गाजामा आक्रमण, १३ जनाको मृत्यु
नेप्सेको उकालो यात्रामा निरन्तरता, आज ३० अंकले बढ्यो बजार
नेप्सेको उकालो यात्रामा निरन्तरता, आज ३० अंकले बढ्यो बजार
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
दशैंयता काठमाडौंमा १७५ दुर्घटना, ९ जनाको मृ*त्यु
दशैंयता काठमाडौंमा १७५ दुर्घटना, ९ जनाको मृ*त्यु
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
हितेन्द्रको पहिलो बोर्डको निर्णय : पीपीए खोल्ने, औद्योगिक लोडसेडिङ हटाउने
हितेन्द्रको पहिलो बोर्डको निर्णय : पीपीए खोल्ने, औद्योगिक लोडसेडिङ हटाउने
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन