नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ८, २०८२
|
|
२८ पटक हेरिएको
Shares
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

सारांश

  • नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान नगरेको भन्दै आक्रोशित यात्रुहरूले आइतबार जुम्लास्थित निगमको कार्यालयमा तालाबन्दी गरेका छन् ।
  • फागुन २४ गतेदेखि जहाजले उडान नगरेपछि आजित भएका सर्वसाधारण र यात्रुहरूले कार्यालयमा ताला लगाएका हुन् ।
  • नेपाल एयरलाइन्सले अन्य जिल्लाहरूमा नियमित उडान भरिरहेको भए पनि जुम्लामा भने बारम्बार हुन्छ भन्दै झुक्याउने गरेको यात्रुहरूको आरोप छ ।

८ चैत,जुम्ला ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान नगरेको भन्दै आक्रोशित यात्रुहरूले आइतबार जुम्लास्थित निगमको कार्यालयमा तालाबन्दी गरेका छन् । फागुन २४ गतेदेखि जहाजले उडान नगरेपछि आजित भएका सर्वसाधारण र यात्रुहरूले कार्यालयमा ताला लगाएका हुन् । नेपाल एयरलाइन्सले अन्य जिल्लाहरूमा नियमित उडान भरिरहेको भए पनि जुम्लामा भने बारम्बार हुन्छ भन्दै झुक्याउने गरेको यात्रुहरूको आरोप छ ।

आइतबार उडान हुने जानकारी पाएर विमानस्थल पुगेका यात्रुहरू अन्तिम समयमा उडान रद्द भएको सूचना पाएपछि आन्दोलित भएका हुन् । उडान नहुँदा सबैभन्दा बढी मर्कामा बिरामीहरू परेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि बाहिर रेफर गरिएका गम्भीर बिरामीहरू जहाज कुरेर छटपटाइरहँदा पनि निगमले उडानमा संवेदनशीलता नदेखाएको यात्रुहरूको गुनासो छ । ‘अन्य जिल्लामा उडान भइरहेको छ, तर जुम्लामा सधैँ प्राविधिक कारण देखाएर उडान रद्द गरिन्छ,’ एक आक्रोशित यात्रुले भने, ‘बिरामीको ज्यान जोखिममा छ, यस्तो अवस्थामा पनि सरकारी जहाजले जिम्मेवारी पुरा नगरेपछि हामी तालाबन्दी गर्न बाध्य भयौँ ।

लामो समयदेखि सरकारी जहाजले उडान नभर्दा जुम्लावासीले सास्ती खेप्नुपरेको छ । निगमले तत्काल नियमित उडानको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने यात्रुहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद् छाडेर बाहिरिए राप्रपाका सांसद
संसद् छाडेर बाहिरिए राप्रपाका सांसद
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ :दुर्गा प्रसाईं
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ :दुर्गा प्रसाईं
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा
कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा
स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते
स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै