Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
३८ पटक हेरिएको
Shares
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

सारांश

  •      उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।
  • रङ्गशालाको दर्शकदीर्घा निर्माण तथा ‘फ्लड लाइट’ जडानको कार्य निर्धारित समयभित्रै सकेर उदाहरण प्रस्तुत गर्न उहाँले सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको हो ।
  •  “यो प्रधानमन्त्रीसहित नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र सिङ्गो देशका क्रिकेटप्रेमीले चासो दिएको कार्य हो ।

७ चैत, काठमाडौँ ।    

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको छ । रङ्गशालाको दर्शकदीर्घा निर्माण तथा ‘फ्लड लाइट’ जडानको कार्य निर्धारित समयभित्रै सकेर उदाहरण प्रस्तुत गर्न उहाँले सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको हो । “यो प्रधानमन्त्रीसहित नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र सिङ्गो देशका क्रिकेटप्रेमीले चासो दिएको कार्य हो ।

त्यसैले देशमा विकास निर्माण आयोजना समयमै सम्पन्न हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने गरी लाग्नुहोस्,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो । क्रिकेट मैदानमा उपप्रधानमन्त्री सिंहसँगै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले समेत निर्माण कार्यको निरीक्षण गर्नुभएको थियो । गत असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट कीर्तिपुरमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने निर्णय गरिएको थियो ।

उक्त कार्य सपन्न गर्न आगामीे वैशाख मसान्तसम्म समयसीमा रहेको छ । दर्शकदीर्घा निर्माणका लागि गत फागुन १९ गते ठेक्का लागेको थियो । तीन कम्पनीले प्यारापिट निमार्ण गर्न संयुक्त रूपमा काम पाएका थिए । यस्तै, फ्लडलाइट निर्माणका लागि ‘विसान ईश्वरी जेभी’सँग गत फागुन २२ गते सम्झौता गरेी काम थालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
बाँकेको बाल सुधारगृहमा झडप
बाँकेको बाल सुधारगृहमा झडप
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
मुख्यमन्त्रीले बजेटमाथि छानबिनको प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभाको अवरोध हट्यो
मुख्यमन्त्रीले बजेटमाथि छानबिनको प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभाको अवरोध हट्यो
युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु
युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु