युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु

सारांश

  • युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु भएको छ ।
  • ती पुरुष पूर्वी युक्रेनमा रोयटर्सको न्यूज टिममा काम गर्थे ।
  • शनिबार एउटा होटलमा भएको मिसाइल आक्रमणमा परेर रायन इभान्सको मृत्यु भएको हो ।

 

१० भदौ , किभ । युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु भएको छ । ती पुरुष पूर्वी युक्रेनमा रोयटर्सको न्यूज टिममा काम गर्थे ।शनिबार एउटा होटलमा भएको मिसाइल आक्रमणमा परेर रायन इभान्सको मृत्यु भएको हो । इभान्स रोयटर्सको न्यूज टिममा सुरक्षा सल्लाहकारका रुपमा काम गर्थे । क्रामतास्र्क शहरमा रहेको होटल साफिरमा आक्रमण हुँदा रोयटर्सका ६ जना कर्मचारी त्यहीँ थिए । १९ घन्टासम्म खोजेपछि बल्ल इभान्सको शव भेटिएको थियो । एजेन्सीका अन्य कर्मचारीलाई भने अस्पतालमा भर्ना गरिएको छ । यीमध्ये एक जनालाई गम्भीर चोट लागेको बताइएको छ ।

होटलमा रुसले हानेको मिसाइलले लागेको युक्रेनी अधिकारीहरूले भनेका छन् । रुसले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।इभान्सको मृत्युको खबरले एजेन्सी शोककूल बनेको रोयटर्सका एक प्रवक्ताले भनेका छन् ।  आक्रमणबारे आफूहरूले थप विवरण खोजिरहेको उनले बताएका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?