सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २३, २०८०
|
|
७९ पटक हेरिएको
Shares
सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी। 

सारांश

  • झडप नियन्त्रण गर्न प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेका थिए।
  • शनिबार बिहानदेखि स्थानिय केही युवाहरूले नगरको विभिन्न चौकमा टायर बालेर पर्दर्शन र केही ठाउँमा ढुंगामुढा गरेपछि अति आवश्यक पसल बाहेक अन्य पसलहरू बन्द गरेसँगै ठाउँठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएका छन्।
  • जिल्ला प्रसाशन कार्यालय सर्लाहीले सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गर्दै सामाजिक सद्‍भावमा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न हरेक उपाय अपनाउने सर्वदलीय/सर्वपक्षीय समन्वय बैठकको निर्णयनिर्णय लिइएको थियो।

 

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी

सर्लाही- शुक्रबार साझ कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप र ढुंगामुढा भएपछि सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार कर्फ्यू आदेश जारी गरेको छ।

झडप नियन्त्रण गर्न प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेका थिए। शनिबार बिहानदेखि स्थानिय केही युवाहरूले नगरको विभिन्न चौकमा टायर बालेर पर्दर्शन र केही ठाउँमा ढुंगामुढा गरेपछि अति आवश्यक पसल बाहेक अन्य पसलहरू बन्द गरेसँगै ठाउँठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएका छन्।

जिल्ला प्रसाशन कार्यालय सर्लाहीले सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गर्दै सामाजिक सद्‍भावमा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न हरेक उपाय अपनाउने सर्वदलीय/सर्वपक्षीय समन्वय बैठकको निर्णयनिर्णय लिइएको थियो।

प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा शनिबार दिउँसो ५ बजेबाट आइतबार बिहान ८ बजेसम्म रहने छ ।

उनका अनुसार हामीले सुरक्षा संवेदनशीलता हेरेर निषेधाज्ञा लगाएका हौं ।’

कर्फ्यू आदेश जारी गरिएको सीमा क्षेत्र साविक मलंगवा नगरपालिका क्षेत्रको निम्न सीमा भित्र

पूर्वमा- झिम नदी

पश्चिममा – मुसैली नहर

उत्तरमा- अस्थायी प्रहरी चौकी / बाबा पेट्रोल पम्प

दक्षिणमा- नेपाल भारत सीमा क्षेत्र

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ