नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
४२ पटक हेरिएको
Shares
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित

सारांश

  • नेपालका क्रियाशील चलचित्र छायाँकारहरूको भेलाले पेशागत संगठन ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गर्ने निर्णय गरेको छ ।
  • वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधानको संयोजकत्वमा बसेको भेलाले संस्था गठन गर्ने निर्णय गरेको हो मंगलबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न उक्त भेलाको तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको भने उपाध्यक्षमा राजेश श्रेष्ठ छानिएका छन् ।
  • त्यस्तै महासचिवमा विष्णु कल्पितलाई चयन गरेको छ ।

काठमाडौं ।

नेपालका क्रियाशील चलचित्र छायाँकारहरूको भेलाले पेशागत संगठन ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गर्ने निर्णय गरेको छ । वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधानको संयोजकत्वमा बसेको भेलाले संस्था गठन गर्ने निर्णय गरेको हो मंगलबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न उक्त भेलाको तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको भने उपाध्यक्षमा राजेश श्रेष्ठ छानिएका छन् । त्यस्तै महासचिवमा विष्णु कल्पितलाई चयन गरेको छ ।

समितिको सचिवमा नरेन्द्र मैनाली, कोषाध्यक्षमा आलोक शुक्ला, सदस्यमा चिन्तनराज भण्डारी, सिताराम श्रेष्ठ, उमङ्ग शाही, निरज पौडेल र निशाल पौडेल रहेका छन् ।कार्यक्रममा गौरीशंकर धुँजु, विष्णु कल्पित, नरेन्द्र मैनाली, आलोक शुक्ला, गौतम श्रेष्ठ, बिशाल पौडेल, निरज कँडेल, उमङ शाही, कृष्ण श्रेष्ठ, बाबु श्रेष्ठ, रामशरण उप्रेती, शिवराम श्रेष्ठ, चिन्तन राजभण्डारी, शम्भू सापकोटा, दिछे गुरुङ, शिवु ढकाल, राजेश श्रेष्ठ, विवेक खड्का, अमर महर्जन, सरद महतो, नविन गुरुङ, लुःजः सिंह, कृष्ण परियार र रविन आचार्य लगायतका छायाँकारहरूको उपस्थिति रहेको थियो ।

भेलाले चलचित्र क्षेत्रका विभिन्न पेशागत संघ–संस्था भए पनि हालसम्म छायाँकारहरूको आफ्नै संस्था नहुँदा साझा आवाज नउठेको निष्कर्षमा पुग्दै, पेशागत हकहितको संरक्षण तथा विकासका लागि गैरसरकारी संस्थाको रूपमा ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ स्थापना गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय गरेको हो ।संस्थाको औपचारिक दर्ता नहुँदासम्मका लागि भेलाले तदर्थ समिति गठन पनि गरेको हो  । भेलाले आगामी छ महिनाभित्र संघको अधिवेशन सम्पन्न गरी स्थायी कार्यसमिति गठन गर्ने निर्णय पनि गरेको छ ।

साथै प्रस्ताव नं. ३ उपर छलफल गर्दा तर्दथ समितिले संस्था दर्ता गरेपछि पुन छलफल गर्ने गरी आजको बैठक समापन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
अवैध लागूऔषधसहित तीन जना पक्राउ
अवैध लागूऔषधसहित तीन जना पक्राउ
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण
कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने जीवनबहादुर शाहीको घोषणा
कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने जीवनबहादुर शाहीको घोषणा
आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती
आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...