संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
१७ पटक हेरिएको
Shares
संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा

सारांश

  • नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले देश संकटमा परेको बेला सबै दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद् अवरुद्ध भएको बताएका छन्।
  • आइतबार विपक्षी दलहरूको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यो धारणा राखेका हुन्।
  • खतिवडाले देशमा समस्या देखिएको अवस्थामा सांसदहरूले संसद्मा एकजुट भएर आफ्ना कुरा राख्ने प्रचलनविपरीत प्रतिपक्ष उभिएको आरोप लगाए।

१७ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले देश संकटमा परेको बेला सबै दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद् अवरुद्ध भएको बताएका छन्। आइतबार विपक्षी दलहरूको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यो धारणा राखेका हुन्।

खतिवडाले देशमा समस्या देखिएको अवस्थामा सांसदहरूले संसद्मा एकजुट भएर आफ्ना कुरा राख्ने प्रचलनविपरीत प्रतिपक्ष उभिएको आरोप लगाए। सभामुखले आपत्कालीन समय उपलब्ध गराउने आश्वासन दिँदा पनि विपक्षीले संसद् चल्न नदिएको उनको भनाइ छ। “प्रधानमन्त्रीले सोमबार संसद्मा जवाफ दिने गरी सभामुखले जानकारी दिइसक्दा पनि प्रतिपक्षले बैठक अवरुद्ध गर्‍यो,” उनले भने। उनले भने, “सत्तापक्ष र प्रतिपक्ष आफ्नो ठाउँमा होला, तर देश अप्ठ्यारोमा परेका बेला सबै सांसदले एकताबद्ध भएर संसद्मा कुरा राख्ने प्रचलन छ।

सभामुखले ‘म समय दिन्छु’ भन्दा पनि प्रमुख प्रतिपक्षले मानेनन्। हामीले आपत्कालीन समय लिएर सबैले बोल्न पाउनुपर्छ भन्ने माग राखेका थियौं।” खतिवडाका अनुसार, सभामुखले प्रधानमन्त्री सोमबार उपस्थित हुने जानकारी दिए पनि विपक्षीले आइतबारको बैठक चल्न दिएनन्। सांसद खतिवडाले तीनकुने घटनाको प्रसंग जोड्दै संविधानको शपथ लिएर आएकाहरूले नै संविधान समाप्त पार्ने खेल खेलेको गम्भीर आरोप लगाए। “संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजिएको छ,” उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल आज पनि
सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल आज पनि
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला
जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त
जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु। 
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु। 
भारतमा बी-टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु
भारतमा बी-टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु