बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १९, २०८१
|
|
२२ पटक हेरिएको
Shares
बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

सारांश

  • जिल्लाको पाटन नगरपालिका–६ स्थित डुङराकी ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको हो।
  • सोमबार अपरान्ह साढे ४ बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि भिजेका लुगा सुकाउनका लागि राख्ने क्रममा करेन्ट लागेर मृत्यु भएको आफन्त समेत रहेका पाटन नगरपालिकाका कार्यपालिका सदस्य खेमराज लुहारले जानकारी दिए।
  •  करेन्ट लागेर गम्भीर घाइते अवस्थामा रहेकी लुहारलाई स्थानीयले उद्धार गरी उपचारको लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।

 

१९ भदौ , बैतडीबैतडीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ।जिल्लाको पाटन नगरपालिका–६ स्थित डुङराकी ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको हो। सोमबार अपरान्ह साढे ४ बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि भिजेका लुगा सुकाउनका लागि राख्ने क्रममा करेन्ट लागेर मृत्यु भएको आफन्त समेत रहेका पाटन नगरपालिकाका कार्यपालिका सदस्य खेमराज लुहारले जानकारी दिए। करेन्ट लागेर गम्भीर घाइते अवस्थामा रहेकी लुहारलाई स्थानीयले उद्धार गरी उपचारको लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ। घरको भान्सा कोठामा मिटरबक्स राखिएको बुझिएको छ।  सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएको  र सोही तारमा करेन्ट बहेर करेन्ट लागेको हुन सक्ने आकलन गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?