Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
९० पटक हेरिएको
Shares
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव

सारांश

  • खानेपानीमन्त्री प्रदीप यादवले देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।
  • शनिबार वीरगञ्जमा आयोजित नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल–भारत सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीकै माध्यमबाट नागरिकहरू आफ्नो हक–अधिकार र सीमाबारे जानकार रहँदै आएको बताए ।
  • उनले भने, ‘सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीलाई विभिन्न समस्या, चुनौती छन् ।

 

वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवले देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।

शनिबार वीरगञ्जमा आयोजित नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल–भारत सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीकै माध्यमबाट नागरिकहरू आफ्नो हक–अधिकार र सीमाबारे जानकार रहँदै आएको बताए ।

उनले भने, ‘सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीलाई विभिन्न समस्या, चुनौती छन् । तथापी देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा उहाँहरुको भूमिका अत्यन्तै महत्वपूर्ण छ ।’

यसैगरी मन्त्री यादवले नेपाल–भारत सीमापार मिडियाबाट प्रवाह हुने सकारात्मक समाचार र सन्देशहरूले दुबै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आपसी समझदारी र सहकार्यमा निकै सहजता प्रदान गरेको विश्वास व्यक्त गरे ।

‘सीमापार मिडियाबाट प्रवाह हुने सकारात्मक समाचार र सन्देशहरूले दुबै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहजता प्रदान गरेको छ । यो आफैमा निकै खुशीको विषय पनि हो,’ उनले भने ।

मन्त्री यादवले नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को सफलताको शुभकामना व्यक्त गर्दै यस सम्मेलनले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
धुलिखेल खावा सडकमा लफडा, स्थानीयद्वारा बाटो बन्द
धुलिखेल खावा सडकमा लफडा, स्थानीयद्वारा बाटो बन्द
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो
गहना विवाद साम्प्रदायिक रूप लिँदा ६ जना पक्राउ, संयुक्त रूपमा ज्ञापनपत्र
गहना विवाद साम्प्रदायिक रूप लिँदा ६ जना पक्राउ, संयुक्त रूपमा ज्ञापनपत्र
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा
सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा
सुदूरपश्चिमलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन
सुदूरपश्चिमलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन