देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
५० पटक हेरिएको
Shares
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव

सारांश

  • खानेपानीमन्त्री प्रदीप यादवले देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।
  • शनिबार वीरगञ्जमा आयोजित नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल–भारत सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीकै माध्यमबाट नागरिकहरू आफ्नो हक–अधिकार र सीमाबारे जानकार रहँदै आएको बताए ।
  • उनले भने, ‘सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीलाई विभिन्न समस्या, चुनौती छन् ।

वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवले देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।

शनिबार वीरगञ्जमा आयोजित नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल–भारत सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीकै माध्यमबाट नागरिकहरू आफ्नो हक–अधिकार र सीमाबारे जानकार रहँदै आएको बताए ।

उनले भने, ‘सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीलाई विभिन्न समस्या, चुनौती छन् । तथापी देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा उहाँहरुको भूमिका अत्यन्तै महत्वपूर्ण छ ।’

यसैगरी मन्त्री यादवले नेपाल–भारत सीमापार मिडियाबाट प्रवाह हुने सकारात्मक समाचार र सन्देशहरूले दुबै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आपसी समझदारी र सहकार्यमा निकै सहजता प्रदान गरेको विश्वास व्यक्त गरे ।

‘सीमापार मिडियाबाट प्रवाह हुने सकारात्मक समाचार र सन्देशहरूले दुबै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहजता प्रदान गरेको छ । यो आफैमा निकै खुशीको विषय पनि हो,’ उनले भने ।

मन्त्री यादवले नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को सफलताको शुभकामना व्यक्त गर्दै यस सम्मेलनले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११० राजावादी पक्राउ, ४ अभियोग लगाउने तयारी
११० राजावादी पक्राउ, ४ अभियोग लगाउने तयारी
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट
महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता
महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
सर्लाहीमा ११० के.जी. अवैध लागू औषध गाँजा बरामद
सर्लाहीमा ११० के.जी. अवैध लागू औषध गाँजा बरामद
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार