नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
३० पटक हेरिएको
Shares
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो

सारांश

  • भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ ।
  • यससँगै नेपालबाट निर्यात हुने विद्युतको कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ ।
  • यसअघि अनुमति प्राप्त १०१०.

६ भदौ, काठमाडौं ।

भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युतको कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ । यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको हो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात भइरहेको छ । यी सबै गरेर नेपालबाट कुल निर्यात हुनसक्ने परिमाण ११ सय ३० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

पछिल्लो पटक २६ साउनमा भारत सरकारले २०० मेगावाटका लागि अनुमति प्रदान गरेकोमा विहीवार थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो । यसअन्तर्गत ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती हाइड्रो पावरबाट उत्पादित विद्युत भारत निर्यात हुनेछ । यो अनुमति दुईपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त भएको र यो २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म कायम रहने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै
चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै
माओवादी स्थायी समितिको बैठक बस्दै
माओवादी स्थायी समितिको बैठक बस्दै
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
आगो लगाएर श्रीमतीको हत्या आरोपमा युवक पक्राउ
आगो लगाएर श्रीमतीको हत्या आरोपमा युवक पक्राउ
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै