Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १२, २०८०
|
|
४२ पटक हेरिएको
Shares
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सारांश

  • सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ ।
  • बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो ।
  • पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

१२ फागुन, बलेवा । सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ ।

बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए । “दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ”, उनले भने, “ढुङ्गा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।”

पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए ।  सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा संवाद आज समापन हुँदै
सगरमाथा संवाद आज समापन हुँदै
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्:  प्रधानमन्त्री कार्की
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्: प्रधानमन्त्री कार्की
नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ
नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ
राष्ट्रियसभा सदस्यहरूको जबाफ दिँदै प्रधानमन्त्री
राष्ट्रियसभा सदस्यहरूको जबाफ दिँदै प्रधानमन्त्री
३४ रन बनाउँदा कर्णालीले गुमायो तेस्रो विकेट
३४ रन बनाउँदा कर्णालीले गुमायो तेस्रो विकेट
एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे
एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
जेनजी प्रदर्शनमा अहिलेसम्म मृ*त्यु हुनेको संख्या १३ पुग्यो
जेनजी प्रदर्शनमा अहिलेसम्म मृ*त्यु हुनेको संख्या १३ पुग्यो
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक