Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ : विनोद चौधरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ : विनोद चौधरी

सारांश

  • आम निर्वाचनको मिति नजिकिँदै जाँदा नवलपरासी (वसुप) क्षेत्र नं.
  • १ मा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ ।
  • प्रतिनिधिसभा क्षेत्र नं.

 

१८ माघ, बर्दघाट।

आम निर्वाचनको मिति नजिकिँदै जाँदा नवलपरासी (वसुप) क्षेत्र नं. १ मा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ को चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा यस क्षेत्रका उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने दाबी गरे । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने मूल नारासहित भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू, जिल्ला नेतृत्व र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो । वक्ताहरूले कांग्रेस एक ढिक्का भएर अगाडि बढे जित सुनिश्चित हुने धारणा राख्दै वर्तमान अवस्थामा पार्टी एकताकै खाँचो रहेको औंल्याए ।

कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले कार्यकर्ता संरक्षण नै भोट संरक्षण भएको उल्लेख गर्दै विश्वले चिनेका व्यक्तित्व विनोद चौधरीलाई आफ्नै क्षेत्रमा जिताउन कठिन नहुने बताए । ‘सबै एकजुट भएर लाग्यौं भने परिणाम हाम्रो पक्षमा आउँछ,’ उनले भने । निवर्तमान सांसद समेत रहेका चौधरी २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनले कांग्रेसको इतिहास क्रान्ति र आन्दोलनमार्फत आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको साक्षी भएको उल्लेख गर्दै अब त्यो इतिहासलाई विकासको मार्गचित्रमा रूपान्तरण गर्ने समय आएको बताए । ‘मेरो मनमा कहिल्यै आग्रह–पूर्वाग्रह छैन। विकासको बाटो कांग्रेसले कोर्छ, र गगन थापाको नेतृत्वको कांग्रेसले देश विकासको रेखा कोर्छ,’ चौधरीले भने । उनले विशेषगरी युवापुस्ता, खासगरी जेनजी पुस्ताको भावना र आन्दोलनको मर्म कांग्रेसले बुझिसकेको दाबी गर्दै सुशासन कायम र भ्रष्टाचारको अन्त्य नै पार्टीको मूल एजेण्डा रहेको स्पष्ट पारे । कार्यक्रममा सहभागी नेताहरूले नवलपरासी क्षेत्र नं. १ मा कांग्रेस एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको सन्देश दिँदै आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
बीपी राजमार्गमा बाढीले बगाएका डाइभर्सन बनाउन सुरु
बीपी राजमार्गमा बाढीले बगाएका डाइभर्सन बनाउन सुरु
जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो
जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
इटाली र जर्मनी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा
इटाली र जर्मनी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा
आज जेठ ५ गते शुक्रबार, यस्तो आजको राशिफल।
आज जेठ ५ गते शुक्रबार, यस्तो आजको राशिफल।
नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने
नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने
१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगरपालिका
१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगरपालिका
उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
निजामती विधेयकमा नासुहरूको विरोध, सिंहदरबारभित्रै धर्ना
निजामती विधेयकमा नासुहरूको विरोध, सिंहदरबारभित्रै धर्ना