गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ : विनोद चौधरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ : विनोद चौधरी

सारांश

  • आम निर्वाचनको मिति नजिकिँदै जाँदा नवलपरासी (वसुप) क्षेत्र नं.
  • १ मा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ ।
  • प्रतिनिधिसभा क्षेत्र नं.

१८ माघ, बर्दघाट।

आम निर्वाचनको मिति नजिकिँदै जाँदा नवलपरासी (वसुप) क्षेत्र नं. १ मा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ को चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा यस क्षेत्रका उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने दाबी गरे । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने मूल नारासहित भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू, जिल्ला नेतृत्व र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो । वक्ताहरूले कांग्रेस एक ढिक्का भएर अगाडि बढे जित सुनिश्चित हुने धारणा राख्दै वर्तमान अवस्थामा पार्टी एकताकै खाँचो रहेको औंल्याए ।

कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले कार्यकर्ता संरक्षण नै भोट संरक्षण भएको उल्लेख गर्दै विश्वले चिनेका व्यक्तित्व विनोद चौधरीलाई आफ्नै क्षेत्रमा जिताउन कठिन नहुने बताए । ‘सबै एकजुट भएर लाग्यौं भने परिणाम हाम्रो पक्षमा आउँछ,’ उनले भने । निवर्तमान सांसद समेत रहेका चौधरी २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनले कांग्रेसको इतिहास क्रान्ति र आन्दोलनमार्फत आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको साक्षी भएको उल्लेख गर्दै अब त्यो इतिहासलाई विकासको मार्गचित्रमा रूपान्तरण गर्ने समय आएको बताए । ‘मेरो मनमा कहिल्यै आग्रह–पूर्वाग्रह छैन। विकासको बाटो कांग्रेसले कोर्छ, र गगन थापाको नेतृत्वको कांग्रेसले देश विकासको रेखा कोर्छ,’ चौधरीले भने । उनले विशेषगरी युवापुस्ता, खासगरी जेनजी पुस्ताको भावना र आन्दोलनको मर्म कांग्रेसले बुझिसकेको दाबी गर्दै सुशासन कायम र भ्रष्टाचारको अन्त्य नै पार्टीको मूल एजेण्डा रहेको स्पष्ट पारे । कार्यक्रममा सहभागी नेताहरूले नवलपरासी क्षेत्र नं. १ मा कांग्रेस एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको सन्देश दिँदै आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
सुर्खेतका दुई कार्यालयबाट १६ जना बिचौलिया पक्राउ
सुर्खेतका दुई कार्यालयबाट १६ जना बिचौलिया पक्राउ
मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता
मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति
झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति
एसिसी यु-१६, सिंगापुरले दियो नेपाललाई १ सय ३९ रनको विजयी लक्ष्य
एसिसी यु-१६, सिंगापुरले दियो नेपाललाई १ सय ३९ रनको विजयी लक्ष्य
दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित दुई जना अख्तियारको नियन्त्रणमा
बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित दुई जना अख्तियारको नियन्त्रणमा