Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगरपालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
३८ पटक हेरिएको
Shares
१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगरपालिका

सारांश

  • वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ।
  • किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरूको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन गर्न लागेको हो ।
  • ‘महानगरमा बस्ने किशोरीहरू ढुक्ककासाथ जुनसुकै बेला हिँडडुल गर्न सकुन् ।

 

२७ कार्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरूको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन गर्न लागेको हो ।

‘महानगरमा बस्ने किशोरीहरू ढुक्ककासाथ जुनसुकै बेला हिँडडुल गर्न सकुन् । कुनै प्रकारको आत्मविश्वासको कमी नहोस् भनेर आत्मरक्षा तालिम दिन लागेका हौँ,’ वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले भने, ‘महानगरमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिने छ ।’

महानगरका अनुसार महानगरभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीसहित अन्य किशोरी तालिममा सहभागी गराइने छ । भोलि बुधबार वीरगञ्जको आर्दशनगरस्थित रङ्गशालामा करिब १२ हजार बढी किशोरी तथा महिलाहरूलाई आत्मरक्षाको तालिम सञ्चालन गर्ने तयारी छ ।  वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले तालिमले किशोरीलाई आत्मरक्षा गर्न सिकाउने बताउनुभयो ।

भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक चिता राजनेश शेट्टिसहितको टिमले प्रशिक्षण दिने कार्यक्रम छ । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले १० हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिएर ‘गिनिज वल्र्ड रेकर्ड’ मा विश्व किर्तिमान कायम गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने
सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने
बाढी पीडितलाई राहत वितरण
बाढी पीडितलाई राहत वितरण
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण
इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा