१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगरपालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगरपालिका

सारांश

  • वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ।
  • किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरूको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन गर्न लागेको हो ।
  • ‘महानगरमा बस्ने किशोरीहरू ढुक्ककासाथ जुनसुकै बेला हिँडडुल गर्न सकुन् ।

२७ कार्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरूको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन गर्न लागेको हो ।

‘महानगरमा बस्ने किशोरीहरू ढुक्ककासाथ जुनसुकै बेला हिँडडुल गर्न सकुन् । कुनै प्रकारको आत्मविश्वासको कमी नहोस् भनेर आत्मरक्षा तालिम दिन लागेका हौँ,’ वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले भने, ‘महानगरमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिने छ ।’

महानगरका अनुसार महानगरभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीसहित अन्य किशोरी तालिममा सहभागी गराइने छ । भोलि बुधबार वीरगञ्जको आर्दशनगरस्थित रङ्गशालामा करिब १२ हजार बढी किशोरी तथा महिलाहरूलाई आत्मरक्षाको तालिम सञ्चालन गर्ने तयारी छ ।  वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले तालिमले किशोरीलाई आत्मरक्षा गर्न सिकाउने बताउनुभयो ।

भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक चिता राजनेश शेट्टिसहितको टिमले प्रशिक्षण दिने कार्यक्रम छ । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले १० हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिएर ‘गिनिज वल्र्ड रेकर्ड’ मा विश्व किर्तिमान कायम गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब सवारी लाइसेन्सको अवधि १० वर्ष
अब सवारी लाइसेन्सको अवधि १० वर्ष
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना
नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु
किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख