Press 4K
मंगलबार, ३० भाद्र २०८३

जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १, २०८२
|
|
३० पटक हेरिएको
Shares
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ ।
  • ‘सङ्घर्षसँगै समृद्धितर्फ’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको घोषणा–पत्रमा पार्टीले संघीयता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेको छ ।
  • पार्टीले विगतका राजनीतिक आन्दोलन, दशवर्षे सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश जनविद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

 

१ फागुन, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । ‘सङ्घर्षसँगै समृद्धितर्फ’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको घोषणा–पत्रमा पार्टीले संघीयता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेको छ । पार्टीले विगतका राजनीतिक आन्दोलन, दशवर्षे सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश जनविद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

साथै, संविधानमा रहेका त्रुटि सच्याउँदै राज्यको संघीय पुनर्संरचना, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रलाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ । घोषणा–पत्रमा वर्तमान राजनीतिक अवस्थाप्रति असन्तोष व्यक्त गर्दै अस्थिर गठबन्धन, सिद्धान्तहीन राजनीति र बढ्दो भ्रष्टाचारले नागरिकको विश्वास कमजोर बनाएको आरोप लगाइएको छ । आर्थिक क्षेत्रमा सार्वजनिक ऋण वृद्धि, रेमिट्यान्समा निर्भरता, घरेलु उत्पादनमा गिरावट र बढ्दो युवा बेरोजगारीलाई गम्भीर चुनौतीका रूपमा औंल्याइएको छ । जसपा, नेपालले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने, न्याय प्रणालीलाई सुलभ र प्रभावकारी बनाउने तथा युवालाई देशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । साथै, सामाजिक सुरक्षासहितको लोककल्याणकारी राज्य स्थापना, सहभागितामूलक समावेशी लोकतन्त्र सुदृढीकरण र सुशासनमार्फत आर्थिक सामाजिक न्यायसहितको समतामूलक समृद्धि हासिल गर्ने लक्ष्य अघि सारिएको छ ।

पार्टीले राष्ट्रिय÷जातीय पहिचानसहितको संघीयता संस्थागत गर्दै समाजवादी अर्थ राजनीतिक कार्यदिशा लागू गर्ने बताएको छ । समानुपातिक निर्वाचन प्रणालीलाई बलियो बनाउँदै सीमान्तकृत समुदाय आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू, पिछडावर्गलगायतको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिवद्धता पनि जनाएको छ । जसपा, नेपालले ‘छाता’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गर्दै घोषणा पत्रमार्फत देशलाई समावेशी विकास र दिगो समृद्धिको दिशामा अघि बढाउने दाबी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा
महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
भक्तपुरमा जन्मदिनको पार्टीमा कुटाकुट हुँदा एक जनाको मृ*त्यु
भक्तपुरमा जन्मदिनको पार्टीमा कुटाकुट हुँदा एक जनाको मृ*त्यु
वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर पक्राउ
वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर पक्राउ
आज यी ६ प्रदेशमा भारी वर्षाको पनि सम्भावना
आज यी ६ प्रदेशमा भारी वर्षाको पनि सम्भावना
बागमती नदीमा एक पुरुषको श*व फेला
बागमती नदीमा एक पुरुषको श*व फेला
काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : कुलमानले हारे देश हार्छ’
काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : कुलमानले हारे देश हार्छ’
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...