सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु, एक गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु, एक गम्भीर

सारांश

  • शनिबार दिउँसो ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
  • जिल्लाको राजगढ गाउँपालिका– ५ मलेकपुरस्थित हुलाकी सडकखण्डमा भएको दुर्घटनामा नाम ठेगाना खुल्न नसकेका दुई जनाको मृत्यु प्रहरीले जनाएको छ ।
  •   पत्थरगाडाबाट राजविराज तर्फ जाँदै गरेको ईंट्टा लोड भएको स १ त ५४४२ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म.

सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । जिल्लाको राजगढ गाउँपालिका– ५ मलेकपुरस्थित हुलाकी सडकखण्डमा भएको दुर्घटनामा नाम ठेगाना खुल्न नसकेका दुई जनाको मृत्यु प्रहरीले जनाएको छ ।

पत्थरगाडाबाट राजविराज तर्फ जाँदै गरेको ईंट्टा लोड भएको स १ त ५४४२ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको थियो । दुर्घटनामा गम्भीर घाइते तीन जनालाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा एक जनाको मृत्यु भएको हो । साथै अर्का एक जनाको उपचारक क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक खतिवडाका अनुसार घाइतेमध्ये अर्का एक जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर छ । ट्याकटर र मोटरसाइकल नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्याकटर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी
विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट
पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान
पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ३७३८ अंकमा
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ३७३८ अंकमा
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँ: मन्त्री घिसिङ
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँ: मन्त्री घिसिङ
तराईको हुस्सु र कुहिरो हटेन : काठमाण्डौको तापक्रम हिजोभन्दा बढ्यो
तराईको हुस्सु र कुहिरो हटेन : काठमाण्डौको तापक्रम हिजोभन्दा बढ्यो
सिंहदरबारमा सर्वदलीय बैठक जारी
सिंहदरबारमा सर्वदलीय बैठक जारी