१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
४९ पटक हेरिएको
Shares
१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

सारांश

  • चुरेक्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन्।
  • निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका–२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन्।
  • चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए।

 

१४ भदौ , सर्लाही । चुरेक्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन्। निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका–२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन्। चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए। खानेपानीको सुविधा नहुँदा खोलाको पानी पिउनु परेको स्थानीय नवराज मैनालीले बताए। ‘पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौं। घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ,’ उनले भने। यसभन्दा पहिले वर्षामा खहरे खेलाको धमिलो पानी पिउने गरेको अर्का स्थानीय पशुपति शर्माले सुनाए। हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव भएको उनले बताए।तर अहिले भेन घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएका छन्। संघीय सरकारको लगानीमा २०६६ साल देखि खानेपानी आयोजना सुरु भएको थियो। तर, पर्याप्त बजेट नपाउँदा अलपत्र पर्दै आएको आयोजना १५ वर्षपछि सम्पन्न भएको हो। यहाँका नागरिकलाई पानी खुवाउन सुरु भएको आयोजना ढिलोगरी पूरा भएको वडाध्यक्ष अर्जुनकुमार योञ्जनले जानकारी दिए। जनप्रतिनिधिको पहलमा नयाँ बोरिङ र पाइप लाइन विस्तार भएपछि करिब पौने तीन सय घरधुरीले तत्काल पानी उपभोग गर्न सुरु गरेका छन्। हरिवन नगरपालिका–२, का वडाध्यक्ष योञ्जनका अनुसार यस आयोजनालाई आर्थिक वर्ष २०७९/८० मा डिभिजन खानेपानी कार्यालय मलङ्गवाबाट नयाँ बोरिङका लागि बजेट प्राप्त भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा वडाको रु २० लाख र नगर उपप्रमुख हरिमाया घलानको योजनाबाट रु १० लाख बजेट विनियोजन गरी पाइपलाइन विस्तार गरिएको वडाध्यक्ष योञ्जनले बताए। आयोजनाअन्तर्गत दुई हजार लिटर बढी क्षमताको खानेपानी ओभरहेड ट्यांकी यसअघि नै संघीय सरकारको बजेटबाटै निर्माण सम्पन्न भएको छ।समयमै आयोजना निर्माण सम्पन्न नहुँदा एउटा बोरिङ निर्माण भएर काम नलाग्ने भएर खेर गएको थियो। पुनः नयाँ बोरिङ बनाएर पानी वितरण गरेको अत्रौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवजी महतोले बताए। हाल धमाधम घर–घरमा धारा जडान गरिरहेका उनले जानकारी दिए। यस आयोजनाबाट हरिवन नगरपालिका–२ का मिलनचोक, नयाँबस्ती, जिम्दार टोल, चिसापानी, थाङसिङ्गे टोल र तिनतले गाउँमा खानेपानीको सुविधा पुगेको छ। खानेपानीको समस्याबाट मुक्ति पाउँदा सारा गाउँलेले खुसी भएका स्थानीय हरि बहादुर क्याप्छाकीले बताए। हरिवन नगरपालिका–२, अन्तरगतको चुरेगाउँ खोरगाउँ र लालिभत्ती क्षेत्रमा समेत वडा कार्यालयले पाइपलाइन विस्तार गरिदिएपछि लालबन्दी खानेपानी तथा सरसफाई संस्थाबाट करिव डेढ सय घरधुरीमा खानेपानी सुविधा पुगेको छ। खानेपानीको दिगो व्यवस्थापन हुँदा खानेपानीको समस्याबाट मुक्ति पाएको खोरगाउँ र लालभित्तीका स्थानीयको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेश  सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
मधेस प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं महानगरपालिकाको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन्
काठमाडौं महानगरपालिकाको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन्
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनबाट एक वृद्धाको मृत्यु
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनबाट एक वृद्धाको मृत्यु
अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृ*त्यु भएकाको संख्या ३९ पुग्यो
अभिनेता विजयको र्‍यालीमा भएको भागदौडमा मृ*त्यु भएकाको संख्या ३९ पुग्यो
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक