६१ किलो सुन तस्करी प्रकरण : रिहा लगत्तै पक्राउ परिन् अमला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
२४ पटक हेरिएको
Shares
६१ किलो सुन तस्करी प्रकरण : रिहा लगत्तै पक्राउ परिन् अमला

सारांश

  • ६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा गरेलगत्तै अमला रोकालाई प्रकाउ गरिएको छ ।
  • काठमाडौं जिल्ला अदालतले रोकालाई सोमबार २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
  • तर, उनलाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एवं एसपी युवराज खड्काले जानकारी दिए ।

९ असार, काठमाडौं ।

६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा गरेलगत्तै अमला रोकालाई प्रकाउ गरिएको छ । काठमाडौं जिल्ला अदालतले रोकालाई सोमबार २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनलाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एवं एसपी युवराज खड्काले जानकारी दिए ।

‘सम्पत्ति शुद्धिकरणबाट पनि हामीलाई पत्र थियो । सोही पत्रको आधारमा नियन्त्रणमा लिएर हामीले पठाएका छौं,’ खड्काले  भने । सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो । उनी सुनकान्डमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?