Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

३ हजार माथि टिकेन सेयर बजार, ४७.९ अंक घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
४२ पटक हेरिएको
Shares
३ हजार माथि टिकेन सेयर बजार, ४७.९ अंक घट्यो

सारांश

  • बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ ।
  • अघिल्लो दिन ३००२ अंकमा अडिएको बजार आज ४७.
  • ९३ अंक घटेर २९५४ मा झरेको छ ।

१४ साउन, काठमाडौं ।

बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा अडिएको बजार आज ४७.९३ अंक घटेर २९५४ मा झरेको छ । कारोबार सुरु भएपछि प्रायः घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको भयो ।

२३ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो । अन्यबाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह ०.८५ प्रतिशत बढ्यो । बैंकिङ १.५५, विकास बैंक ३.२७, फाइनान्स २.७०, होटल तथा पर्यटन २.१०, हाइड्रोपावर १.६३, लगानी १.६५, जीवन बीमा १.७६, उत्पादन तथा प्रशोधन १.३२, माइक्रोफाइनान्स ३.२८, निर्जीवन बीमा १.५४ तथा व्यापार १.७२ प्रतिशत घटे । दुई कम्पनी सान्भी इनर्जी र ट्रेड टावरको मूल्य १० प्रतिशत बढ्यो । सूचीकृत भएपछि लगातार बढेको सान्भीको मूल्य प्रतिकित्ता ८४५.९० रुपैयाँ पुगेको छ भने ट्रेड टावरको ९४८.९० रुपैयाँ पुगेको छ ।

समता घरेलु लघुवित्तको ६.७४, सिक्लेस हाइड्रोपावरको ५.१६ तथा भूगोल इनर्जीको ३.८२ प्रतिशत मूल्य बढ्यो । ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । त्यस्तै कालिका पावरको ६, सीवाईसी लघुवित्तको ५.४, नाडेप लघुवित्तको ५.४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध
बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध
रौतहटमा घण्टीको दबदबा : तीन क्षेत्रमा रास्वपाको अग्रता, एकमा कांग्रेस अगाडि
रौतहटमा घण्टीको दबदबा : तीन क्षेत्रमा रास्वपाको अग्रता, एकमा कांग्रेस अगाडि
शिक्षकहरूको जिल्लान्तर सरुवा फुकुवा
शिक्षकहरूको जिल्लान्तर सरुवा फुकुवा
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ
महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ
पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द
पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द