गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
२० पटक हेरिएको
Shares
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु

सारांश

  • गुल्मीमा बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर एक जना महिलाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा मुसिकोट नगरपालिका-७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमाल रहेको गुल्मी प्रहरीले जनाएको छ ।
  • मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारीमा बाँदर भगाउन राखेको विद्युतीय तारमा पर्दा चन्द्रकला घाइते भएकी थिइन् ।

 

१३ चैत, गुल्मी ।

गुल्मीमा बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका-७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमाल रहेको गुल्मी प्रहरीले जनाएको छ ।

मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारीमा बाँदर भगाउन राखेको विद्युतीय तारमा पर्दा चन्द्रकला घाइते भएकी थिइन् । करेन्ट लागेर घाइते कुमालको लुम्बिनी वामी हस्पिटलमा मृत्यु भएको मृत्यु भएको गुल्मीका एसपी राजन भुजेलले जानकारी दिए ।घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?