कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
५८ पटक हेरिएको
Shares
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या भइरहेको बताएका छन् ।
  • बुधबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रचण्डले माओवादी संघर्षलाई सामाजिक रुपान्तरणको मुख्य वाहकका रुपमा बुझ्न आग्रह गरे ।
  • उनले भने, ‘जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ ।

११ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रचण्डले माओवादी संघर्षलाई सामाजिक रुपान्तरणको मुख्य वाहकका रुपमा बुझ्न आग्रह गरे ।

उनले भने, ‘जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ । तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबै दल र समाजले आत्मसात् गर्न आवश्यक छ ।’ नेपालमा माओवादी संघर्ष कम्युनिष्ट नेताहरू मार्क्स, एंगेल्स, लेनिन र माओका ग्रन्थ पढेर मात्रै सुरु नभएको उनले बताए ।

नेपालकै विगतको विद्रोह र आन्दोलनहरूको गहिरो अध्ययनका आधारमा युद्ध थालिएको उनको भनाइ छ ।‘लखन थापादेखि भीमदत्त पन्त, झापा विद्रोहदेखि किसान संघर्षहरूसम्मको इतिहास अध्ययन गरेर नै रणनीति तयार भएको थियो । त्यसैले जनयुद्ध सिङ्गो राज्य शक्ति र अन्तर्राष्ट्रिय शक्तिको दबाबमा पनि दबिएन, जनताले निरन्तर साथ दिए,’ उनले भने ।

प्रचण्डले संसदीय अंकगणितका कारण माओवादी केन्द्रको संघर्ष कठिन भएको दाबी गरे ।

‘यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो । संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ,’ उनले भने ।

७५३ वटै पालिकामा माओवादी जनयुद्धका संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान चलाउनुपर्ने उनको तर्क छ ।

कमजोरी भए पनि आत्मालोचना र सुधार गर्ने परम्परा माओवादीमा मौलिक रुपमै रहेको दाबी उनले गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो
एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो
दश महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक
दश महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक
मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक
मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा
रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा
स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किए भुटानी राजा
स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किए भुटानी राजा
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द