दोस्रो जितको खोजीमा दिल्ली र हैदराबाद, राजस्थान-चेन्नई आमनेसामने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
दोस्रो जितको खोजीमा दिल्ली र हैदराबाद, राजस्थान-चेन्नई आमनेसामने

सारांश

  • आईपीएल (IPL)को १८औं संस्करणमा आइतबार पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ ।
  • खेल विशाखापट्टनममा नेपाली समयअनुसार दिउँसो १५ः४५ बजेदेखि सुरु हुनेछ ।
  • जारी आईपीएलमा खेल्न लागिएको यो १०औं खेल हो ।

 

१७ चैत, काठमाडौं ।

आईपीएल (IPL)को १८औं संस्करणमा आइतबार पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ । खेल विशाखापट्टनममा नेपाली समयअनुसार दिउँसो १५ः४५ बजेदेखि सुरु हुनेछ । जारी आईपीएलमा खेल्न लागिएको यो १०औं खेल हो । दिल्लीको यो दोस्रो खेल हो भने हैदराबादको तेस्रो खेल । दिल्ली टोली आफ्नो पहिलो खेलमा विजयी भएको थियो । दिल्लीले लखनउ सुपर जायन्ट्सलाई हराएको थियो ।

हैदराबादले दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले हराएको हैदराबाद दोस्रो खेलमा लखनउसँग पाँच विकेटले पराजित भएको थियो । हैदराबादले हालसम्म एकपटक आईपीएलको उपाधि जितेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यतिबेला हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई हराएको थियो । हैदराबाद सन् २०१८ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला हैदराबादलाई फाइनलमा चेन्नई सुपर किङ्सले हराएको थियो । हैदराबाद साविक उपविजेता पनि हो ।

दिल्ली सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । आईपीएलमा दिल्लीको यो १८औं सहभागिता हो । तर, दिल्लीले हालसम्म उपाधिको जित्न सकेको छैन । दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, उक्त संस्करणको फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो । दिल्ली र हैदराबादबीच हालसम्म आईपीएलमा कुल २४ खेल खेलिएको छ । त्यसमध्ये बढी खेल हैदराबादले जितेको छ । हैदराबादले १३ खेलमा दिल्लीलाई हराएको छ । दिल्लीले भने १० खेलमा हैदराबादलाई पराजित गरेको छ । एक खेल भने अनिर्णित रह्यो ।

दिल्लीमा फाफ डु प्लेसिस, अभिषेक पोरेल र ट्रिस्टन स्टब्सजस्ता प्रभावशाली ब्याट्सम्यान पनि छन् । मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमारजस्ता क्षमतावाना बलर पनि दिल्लीको टोलीमा आबद्ध छन् । हैदराबादका दुई ब्याट्सम्यान ट्राभिस हेड र ईशान किशन लयमा देखिएका छन् । ट्राभिस हेडले दुई टोलीमा टोलीका लागि कुल एक सय १४ रन बनाइसकेका छन् । उनले एक अर्धशतक पनि प्रहार गरेका छन् । हैदराबाद र दिल्लीबीच आइतबारको खेल हुने विशाखापट्टनमस्थित स्टेडियमको पिच खासगरी ब्याट्सम्यानहरुलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल १६ खेल खेलिएको छ । त्यसमध्ये आठ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हासिल गरेका छन् । बाँकी आठ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।

यो स्टेडियममा बनेको उच्च स्कोर सात विकेट गुमाएर दुई सय ७२ रन हो । उक्त स्कोर कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध अघिल्लो सिजनमा बनाएको थियो । आजै हुने दोस्रो खेलमा गुवाहाटीको बरसापारा क्रिकेट स्टेडियममा राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स आमनेसामने हुँदैछन् । राजस्थानको टोली सिजनमा आफ्नो पहिलो जित दर्ता गर्न मैदानमा उत्रनेछ । रियान परागको कप्तानीमा टोलीले अहिलेसम्म खेलेका दुवै खेलमा हार व्यहोरेको छ । अर्कोतर्फ अन्तिम खेलमा आरसीबीसँग हारेपछि सीएसके पुनरागमन गर्न चाहन्छ । बारसापाराको पिचले ब्याट्सम्यानभन्दा बलरलाई बढी मद्दत गर्छ । यहाँ ब्याट्सम्यानमाथि स्पिन बलरहरूको प्रभुत्व हुन्छ ।राजस्थानविरुद्धको अन्तिम खेलमा केकेआरका स्पीनरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, दोस्रो इनिङमा शीत पर्ने सम्भावना छ । यस्तो अवस्थामा स्पीन बलरहरूलाई उपलब्ध सहयोग कम हुन्छ । टस जित्ने टोलीले पहिले बलिङ गर्न चाहन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
चुनावमा भाग लिने कांग्रेसको निर्णय
चुनावमा भाग लिने कांग्रेसको निर्णय
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु
भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
सर्लाहीको ईश्वरपुरमा पोखरीभित्र कार खस्दा दुई जना बेपत्ता 
सर्लाहीको ईश्वरपुरमा पोखरीभित्र कार खस्दा दुई जना बेपत्ता 
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै