सर्लाहीको ईश्वरपुरमा पोखरीभित्र कार खस्दा दुई जना बेपत्ता 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २०, २०८१
|
|
२३ पटक हेरिएको
Shares
सर्लाहीको ईश्वरपुरमा पोखरीभित्र कार खस्दा दुई जना बेपत्ता 

सारांश

  • सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मङ्गलबार बिहानपख पोखरीमा कार खस्दा दुई जना बेपत्ता भएका छन् ।
  • मियाँखोरस्थित सडक छेउमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा बयलवासबाट महोत्तरीको गौशालातर्फ गइरहेको लु २ च ६७५८ नम्वरको कार अनियन्त्रित भई खस्दा कार चालक गौशाला नगरपालिका–२, महोत्तरीका ३७ वर्षीय सुरेश महतो र कारमा सवार सोनमा गाउँपालिका–८, महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका हुन् ।
  • कारमा सवार गौशाला नगरपालिका–२, का ३१ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्कन सफल भएका प्रहरीले जनायो ।

जनार्जन खत्री 

सर्लाही, कार्तिक २० गते।

सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मङ्गलबार बिहानपख पोखरीमा कार खस्दा दुई जना बेपत्ता भएका छन् ।

मियाँखोरस्थित सडक छेउमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा बयलवासबाट महोत्तरीको गौशालातर्फ गइरहेको लु २ च ६७५८ नम्वरको कार अनियन्त्रित भई खस्दा कार चालक गौशाला नगरपालिका–२, महोत्तरीका ३७ वर्षीय सुरेश महतो र कारमा सवार सोनमा गाउँपालिका–८, महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका हुन् । कारमा सवार गौशाला नगरपालिका–२, का ३१ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्कन सफल भएका प्रहरीले जनायो ।

कारसहित पोखरीमा डुबेर बेपत्ता दुई जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको घटनास्थलमै रहेका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए । महोत्तरीको बर्दीबासस्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली समेत भर्खरै घटनास्थलमा आइपुगेको छ ।

ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्र कार्कीका अनुसार मङ्गलबार बिहान २ देखि ३ बजेको आसपासमा कार दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ ।

पोखरीबाट बाहिर निस्कन सफल कारमा सवार जनक यादवले स्थानीयलाई जानकारी गराएपछि बिहान ४ बजेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
कुलेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ
कुलेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ
अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना, सवार छ जनाकै मृत्यु
अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना, सवार छ जनाकै मृत्यु
प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर
प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर
आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु
आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा