पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
सारांश
- पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने पेशी तोकिएको छ।
- संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो ।
- पटक पटक सर्दै आएको यो मुद्दामा आज फैसला नभएमा पुन: सुनवाइमा जाने सम्भावना छ ।
९ असोज ,काठमाडौँ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने पेशी तोकिएको छ।

संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । पटक पटक सर्दै आएको यो मुद्दामा आज फैसला नभएमा पुन: सुनवाइमा जाने सम्भावना छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले असोज २० गते देखि अवकाश पाउने भएकाले आज नै फैसला सुनाउनुपर्ने छ। यदि आज फैसला (निसु) सरेमा संवैधानिक इजलासले पुनः नयाँ न्यायाधीशहरुलाई पेशी तोकेर सुनुवाइ गर्नुपर्नेछ। यो मुद्दामा बहस सकिएर निसु तोकिएको हो । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो ।



प्रतिक्रिया