प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
८० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् ।
  • बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
  • ‘प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा अग्नि खरेललाई नियुक्त गर्ने निर्णय गरिएको छ,’ ती मन्त्रीले अनलाइनखबरसँग भने ।

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा अग्नि खरेललाई नियुक्त गर्ने निर्णय गरिएको छ,’ ती मन्त्रीले अनलाइनखबरसँग भने ।खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए । झापाको गौरादह स्थायी घर भएका खरेललाई त्यतिबेला प्रधानमन्त्रीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेका थिए । ०६४ र ०७० मा संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री थिए ।

उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् । खरेलले ०४७ सालको संविधान निर्माणमा माधव कुमार नेपालको कानुनी सल्लाहकारको रुपमा भूमिका निर्वाह गरेका थिए । नेपाल बार एशोसियसनका पूर्वमहासचिव समेत रहेका खरेलको बार काउन्सिलमा कानुन व्यवसायी लाइसेन्स नम्बर १४९४ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
गुल्सनको ५ विकेट मद्दतमा ओमानमाथि नेपालको शानदार जित
गुल्सनको ५ विकेट मद्दतमा ओमानमाथि नेपालको शानदार जित
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन
शिक्षक महासंघले दियो कांग्रेस कार्यालयमा धर्ना
शिक्षक महासंघले दियो कांग्रेस कार्यालयमा धर्ना
सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी
सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी
निजामती विधेयकबारे छलफल जारी, आजै पास गर्ने तयारी
निजामती विधेयकबारे छलफल जारी, आजै पास गर्ने तयारी
पूर्णरुपमा सञ्चालनमा आए बैंकहरु
पूर्णरुपमा सञ्चालनमा आए बैंकहरु