एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ११, २०८०
|
|
१७५ पटक हेरिएको
Shares
एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित

सारांश

  • नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित बनेको छ ।
  • निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि त्यो हुन नसकेको हो ।
  • आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन ।

११ असोज, काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित बनेको छ ।

निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि त्यो हुन नसकेको हो । आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन । यसअघि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिएका थिए । उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएसँगै अब साँझ ४ बजेदेखि मतदान सुरु हुनसक्ने नेता रामेश्वर फुयाँलले रातोपाटीलाई जानकारी दिए ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो । अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डे अध्यक्षका आकाङ्क्षी देखिएका छन् । प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमार्फत हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार २५ वर्षीय युवकको मृ*त्यु
कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार २५ वर्षीय युवकको मृ*त्यु
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
‘साइबर’ कानुनबारे गाउँगाउँमा विद्यार्थी पढाउँदै प्रहरी
‘साइबर’ कानुनबारे गाउँगाउँमा विद्यार्थी पढाउँदै प्रहरी
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित
‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने
राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने