‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ :मन्त्री प्रकाशमान सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
७९ पटक हेरिएको
Shares
‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ :मन्त्री प्रकाशमान सिंह

सारांश

  •   स्यस्य समाज यलको ११औँ स्थापना दिवसका अवसरमा आज मङ्गलबजारमा आयोजित नगरपरिक्रमा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार ठूलो सङ्घर्ष र बलिदानीबाट जारी भएको संविधान कार्यान्वयन तथा नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो ।
  • “हरेकको जीवन सहज र सफल होस् भन्दै राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान सरकार गठन भएको हो, धेरै सङ्घर्ष गरेर प्राप्त गरेको संविधानअनुसार अभ्यास गर्न पाएको कुरा भुल्नुहुँदैन”, उहाँले भन्नुभयो ।
  • उहाँले हरेक जातजातिको सहभागिताबाट समाजमा परापूर्वकालदेखि पुर्खाहरुले मिलेर समाजलाई अगाडि बढाउन गरेको योगदान र देखाएको सकारात्मक कुरालाई निरन्तरता दिन स्यस्य समाजले उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

२० वैशाखः काठमाडौँ,  

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम राजनीतिक आर्थिक सामाजिक गतिविधि बढाउने गरी आएको बताउनुभएको छ ।  स्यस्य समाज यलको ११औँ स्थापना दिवसका अवसरमा आज मङ्गलबजारमा आयोजित नगरपरिक्रमा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार ठूलो सङ्घर्ष र बलिदानीबाट जारी भएको संविधान कार्यान्वयन तथा नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो ।

“हरेकको जीवन सहज र सफल होस् भन्दै राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान सरकार गठन भएको हो, धेरै सङ्घर्ष गरेर प्राप्त गरेको संविधानअनुसार अभ्यास गर्न पाएको कुरा भुल्नुहुँदैन”, उहाँले भन्नुभयो । उहाँले हरेक जातजातिको सहभागिताबाट समाजमा परापूर्वकालदेखि पुर्खाहरुले मिलेर समाजलाई अगाडि बढाउन गरेको योगदान र देखाएको सकारात्मक कुरालाई निरन्तरता दिन स्यस्य समाजले उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री सिंहले विभिन्न भाषाभाषी भएको नेपाली समाजमा सबैलाई समेटेर योगदान र मूल्य–मान्यताको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“काठमाडौँ उपत्यकाका सबै जातीय समुदायले एकताका साथ काम गर्न सक्नुपर्छ, एक्लाएक्लै काम गरेर समाजको एकता कायम हुन सक्दैन, समुदायमा जुनसुकै विद्यामा उल्लेख्य काम गरेकालाई सम्मान गर्ने परम्परा कायम राख्नुस्, सहिष्णुता कायम गरेर समाजमा उल्लेख्य काम गरेकालाई सम्मान गर्नुस्”, उहाँले भन्नुभयो ।  स्यस्य समाजका अध्यक्ष नवीनमङ्गल जोशीले स्यस्य समाजले एकता, सद्भाव र सहिष्णुतालाई जोड दिँदै संस्कृति संरक्षणका लागि समाजले काम गर्दै आएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो
दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण
आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण
बागलुङ बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता
बागलुङ बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता
४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि
४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि
एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन
एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल