नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार

सारांश

  • आज महिनाको अन्तिम दिन बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको छ ।
  • मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो ।
  • यसदिन नेप्से परिसूचक १.

३० पुस, काठमाडौं ।

आज महिनाको अन्तिम दिन बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको छ । मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो । यसदिन नेप्से परिसूचक १.५२ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ । यस दिन फ्लोट इण्डेक्स स्थिर रहेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ । यस दिन कारोबार रकम भने सामान्य घटेको छ । मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ७२ हजार ६७१ पटकको कारोबारमा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड २५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । यस दिन मूल्य घटेका स्टहरुको गिरावटदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २६ करोड २४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै ,यस दिन यूनियन हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशत बढेको हो । बाँकी ७ उपसमूहका परिसूचक भने यस दिन सामान्य बढेको हो । यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन
प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन
‘सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ’
‘सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ’
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने
डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति
चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी
चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ
संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना