१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

सारांश

  • आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार ‘करेक्सन’ आएको छ ।
  • १०.
  • ५३ अंकले घटेको बजार २६२२.

१४ पुस, काठमाडौं ।

आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार ‘करेक्सन’ आएको छ । १०.५३ अंकले घटेको बजार २६२२.८८ बिन्दुमा ओर्लिएर रोकियो । आज सोमबार ०.८८ प्रतिशतले बजारमा गिरावट आएको हो । आज विकास बैंक र म्युचअल फन्डबाहेक सबै उपसूचकको मूल्य घटेको छ । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकका लगानीकर्ताले ०.८२ प्रतिशतले गुमाएका छन् । सोमबार ३ सय ३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँमा खुम्चिएको छ । आइतबार ४७ अंकले बढेको बजारमा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यस धितोपत्रको मूल्य प्रतिकित्ता ८ सय ८० रुपैयाँ पुगेको छ । यसबाहेक ग्लोबल आइएमई समुन्नत योजना-२, कर्पोरेट विकास बैंक लिमिटेड, सप्तकोशी विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंकसहित धितोपत्रको मूल्य समेत धेरैले बढेको छ । सोमबार सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए । यो धितोपत्रको मूल्य १० प्रतिशतले गिरावट आइ १४९६.१० रुपैयाँ कायम भएको छ । त्यस्तै सुपर मादी हाइड्रो, मानुषी लुघवित्त वित्तीय संस्था, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंकसहित धितोपत्रको मूल्यमा समेत आज धेरै गिरावट आएको छ । धेरै कारोबार भएको धितोपत्र समेत एसवाई प्यानल लिमिटेड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक
निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक
कञ्चनपुरको बेलौरीमा जलेको अवस्था श*व फेला
कञ्चनपुरको बेलौरीमा जलेको अवस्था श*व फेला
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ
नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने
नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल
विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल