छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २९, २०८१
|
|
४३ पटक हेरिएको
Shares
छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफूमाथि उठेको विषयमा छानबिन समिति बनाउन तयार देखिएका छन् ।
  • तर त्यसका लागि उनले एउटा सर्त अघि सारेका छन् ।
  • चितवनमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले संसद बोल्न पाउने आफ्नो अधिकार हनन  हुन नहुने बताए ।

२९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफूमाथि उठेको विषयमा छानबिन समिति बनाउन तयार देखिएका छन् । तर त्यसका लागि उनले एउटा सर्त अघि सारेका छन् ।

चितवनमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले संसद बोल्न पाउने आफ्नो अधिकार हनन  हुन नहुने बताए । सहकारी ठगी प्रकरणमा कांग्रेसको मागअनुसार छानबिन समिति बनाइए त्यसलाई स्वीकार गर्न आफू तयार रहेको तर आफूले संसद बोल्न भने पाउनुपर्ने उनको भनाइ थियो । ‘छानबिन समिति बनाए पनि हुन्छ । तर संसद बोल्न पाउनुपर्छ’, उनले भने, ‘नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसो गर, त्यसो नगर भनेर आदेश दिने होइन ।’ सहकारी ठगीका मुख्य आरोपी जिबी राईलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । निजलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेका उनले जानकारी दिए ।

उनले भने, ‘राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ ।’ कांग्रेसले लामिछानेबारे संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिँदै आएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसले यही विषय सम्बोधन नभएसम्म संसद चल्न नदिने घोषणा गरेको थियो भने संसदमा नाराबाजी समेत बेल घेराउ समेत भएको थियो ।  कांग्रेसको अवरोधकै कारण प्रतिनिधिसभा बैठक स्थगित भएर जेठ १ का लागि तोकिएको छ । जेठ १ मा सरकारको नीति तथा कार्यक्रम ल्याउने तय भएपनि कांग्रेसले अवरोध कायमै राख्ने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
३ दिनपछि बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे
३ दिनपछि बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे
चुनढुङ्गा खानी अवैध सञ्चालन, उत्खनन कार्य रोकियो
चुनढुङ्गा खानी अवैध सञ्चालन, उत्खनन कार्य रोकियो
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू