सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
५७ पटक हेरिएको
Shares
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन

सारांश

  • सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।
  • कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
  • कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब १४ करोड २८ लाख बढी राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो ।

 

 १३ जेठ, वीरगञ्ज ।

सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब १४ करोड २८ लाख बढी राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो ।

“गत आवको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो”, उहाँले भन्नुभयो, “गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा दुई दशमलव ८५ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।” कार्यालयले साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड, मङ्सिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड, फागुनमा रु चार अर्ब ६८ करोड, चैतमा रु चार अर्ब ५० करोड र वैशाखमा रु चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना
सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा
सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान
दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना , १५ विद्यार्थीको मृ*त्यु
मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना , १५ विद्यार्थीको मृ*त्यु
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना