Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
३५ पटक हेरिएको
Shares
शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सारांश

  • राष्ट्रियसभाको आजको बैठकका शून्य समयमा भाग लिँदै सदस्यहरुले पर्यटन क्षेत्रलाई दिनुपर्ने सुविधादेखि लिएर विपद् व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • राष्ट्रियसभाको सदस्य उर्मिला अर्यालले भारतीय पर्यटकलाई एक हजार र ५०० दरका भारतीय नोट चलाउने अनुमति दिएमा नेपाल आउने पर्यटक रु सयका धेरै नोट बोग्नुपर्ने झन्झटबाट मुक्त हुने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
  • सदस्य कमला पन्तले ‘विपद् भन्ने कुरा बाजा बनाएर आउँदैन’ भन्ने नेपाली उखानजस्तै समयमै विपद् रोकथाम गर्नुपर्ने तथा हिमताल फुटेर नागरिक प्रभावित हुनेगरेको प्रति समयमै सेचत रहन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

७ जेठ, काठमाडौँ ।

राष्ट्रियसभाको आजको बैठकका शून्य समयमा भाग लिँदै सदस्यहरुले पर्यटन क्षेत्रलाई दिनुपर्ने सुविधादेखि लिएर विपद् व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सदस्य उर्मिला अर्यालले भारतीय पर्यटकलाई एक हजार र ५०० दरका भारतीय नोट चलाउने अनुमति दिएमा नेपाल आउने पर्यटक रु सयका धेरै नोट बोग्नुपर्ने झन्झटबाट मुक्त हुने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य कमला पन्तले ‘विपद् भन्ने कुरा बाजा बनाएर आउँदैन’ भन्ने नेपाली उखानजस्तै समयमै विपद् रोकथाम गर्नुपर्ने तथा हिमताल फुटेर नागरिक प्रभावित हुनेगरेको प्रति समयमै सेचत रहन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य कृष्णप्रसाद पौडेलले पछिल्लो पाँच वर्षमा एक हजारभन्दा बढी व्यक्तिले विद्युतीय करेन्ट लागेर ज्यान गुमाउनु परेको उल्लेख गर्दै विद्युत् प्राधिकरणमार्फत लत्रिएका तारको व्यवस्थापन गरी भूमिगत तार लगाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य गोमादेवी तिमिल्सिनाले नेपाली कांग्रेस र कम्युनिस्ट सरकारको नेतृत्वमा बनेको सरकारका पालामा नीजिकरण गरेका उद्योगबाट कति रोजगारी सिर्जना भए भन्ने विषयमा सदनलाई यथार्थ विवरण गराउन माग गर्नुभयो । सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा पूर्वाधार निर्माण र ठूला उद्योग सञ्चालन नहुँदा रोजगारीको अभावमा वैदेशिक रोजगारमा धेरै जाने गरेको हुनाले स्वदेशमै सीपमूलक तालिम र रोजगारीका लागि उद्योगधन्दा सञ्चालन गर्न माग गर्नुभयो । सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेख जाने बाटोमा अत्यधिक दुर्घटना हुनेगरेकाले त्यसको रोकथामा लागि आवश्यक पहलकदमी गरिदिन सरकारसँग अनुरोध गर्नुभयो ।

सदस्य नारायणदत्त मिश्रले देशभर रासायनिक मलको हाहाकार भएको र सीमापारीबाट लुकीछिपी एक÷दुई बोरा मल ल्याउदा प्रहरीले दुःख दिनेगरेको उल्लेख गर्दै कृषि उत्पादन बढाउने उद्देश्यका साथ साइकलमा राखी मल ल्याउनेलाई नसमात्न र ट्रकमा ल्याउनेलाई नियमानुसार पक्रन आग्रह गर्नुभयो । सदस्य भूवनबहादुर सुनारले किसानले रासायनिकन मल नपाएको कारण कृषि उत्पादनमा समस्या देखिएकाले जतिसक्दो चाँडो मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य मोहमद खालिदले सुर्तीजन्य पद्धार्थको आयातलाई निरुत्साहित गर्ने उद्देश्यले लगाइएको कर ३४ प्रतिशत मात्र रहेको सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सूर्तीजन्य पद्धार्थको कर वृद्धि गर्न सुझाव दिनुभयो । सदस्य राजेन्द्रलक्ष्मी गैरेले चट्याङ्को घटनाबाट गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको र त्यस्ता घटनालाई न्यूनीकरण गराउन सरकारसँग माग गर्नुभयो । सदस्य सुरेशकुमार आले मगरले देशमा समृद्धि ल्याउन आवश्यक उद्योगधन्दामत्री नियम,कानुन, नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य
नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य
काठमाडौं महानगरमा कर्मचारीको तलब रोकिएपछि मन्त्रालयको हस्तक्षेप
काठमाडौं महानगरमा कर्मचारीको तलब रोकिएपछि मन्त्रालयको हस्तक्षेप
अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
त्रिभुवन विश्वविद्यालयको २६ अर्बभन्दा बढीको बजेट पास
त्रिभुवन विश्वविद्यालयको २६ अर्बभन्दा बढीको बजेट पास
बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार
मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार