पटेर्वा सुगौली गाउँपालिकाको सार्वजनिक अनुरोध!
 पटेर्वा सुगौली गाउँपालिकाको सार्वजनिक अनुरोध!

हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
४५ पटक हेरिएको
Shares
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

सारांश

  •   आइतबार सभामुख देवराज  घिमिरेसँग भएको सत्तारुढ दलहरूका प्रमुख सचेतकहरूसँग भएको छलफल पछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको जानकारी दिए।
  • उनले भने, ‘पहिलो दिनको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गरेर आगामी दिनमा हाउस अत्यन्त प्रभावकारी हुनेगरी अगाडि बढ्नेछ।
  • हाउसले प्राप्त गर्ने बिजनेसहरूमा कुनै कमी नहुने गरी तयारी भइरहेको छ।

 

१३ माघ, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्ने भएका छन्।  आइतबार सभामुख देवराज  घिमिरेसँग भएको सत्तारुढ दलहरूका प्रमुख सचेतकहरूसँग भएको छलफल पछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको जानकारी दिए।

उनले भने, ‘पहिलो दिनको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गरेर आगामी दिनमा हाउस अत्यन्त प्रभावकारी हुनेगरी अगाडि बढ्नेछ। हाउसले प्राप्त गर्ने बिजनेसहरूमा कुनै कमी नहुने गरी तयारी भइरहेको छ।’ उनले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरुलाई पनि अघि बढाउन पहलकदमी गर्न सभामुखले आग्रह गरेको उनले जानकारी दिए।

संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकअघि सभामुखले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सोमबार सामूहिक रुपमा छलफल गर्ने तय भएको छ । त्यस्तै मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए
नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृ*त्यु
बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृ*त्यु
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो: प्रधानमन्त्री
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो: प्रधानमन्त्री
अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन
अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा