सर्लाहीमा सेना–प्रहरीको संयुक्त गस्ती

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन ५, २०८२
|
|
७२ पटक हेरिएको
Shares
सर्लाहीमा सेना–प्रहरीको संयुक्त गस्ती

सारांश

  • अमलेश शर्मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
  • नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले सोमबारदेखि जिल्लाभर संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् ।
  • यसअघि माघ २१ गतेदेखि नेपाली सेनाले चारै निर्वाचन क्षेत्रमा एक–एक टोली परिचालन गर्दै आएका थिए ।

फागुन ५, सर्लाही। अमलेश शर्मा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले सोमबारदेखि जिल्लाभर संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । यसअघि माघ २१ गतेदेखि नेपाली सेनाले चारै निर्वाचन क्षेत्रमा एक–एक टोली परिचालन गर्दै आएका थिए । सोमबारदेखि भने तीनवटै सुरक्षा निकायले समन्वयात्मक रूपमा नियमित संयुक्त गस्ती थालेका हुन् ।

कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्काका अनुसार जिल्लाका २० वटै स्थानीय तहमा सुरक्षा बेस क्याम्प स्थापना गरिएको छ । निर्वाचन सामग्री ढुवानी, मतदान केन्द्रको सुरक्षा, संवेदनशील क्षेत्रको निगरानी तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणमा केन्द्रित भएर गस्ती परिचालन गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाका अनुसार निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा घेरा बलियो बनाइएको हो । सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेको र आवश्यक परे थप जनशक्ति परिचालन गरिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र
आजबाट प्रेस चौतारीको महाधिवेशन
आजबाट प्रेस चौतारीको महाधिवेशन
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
सर्लाहीमा मोटरसाइकलसहित १० किलो गाँजा बरामद
सर्लाहीमा मोटरसाइकलसहित १० किलो गाँजा बरामद
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग
नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते
नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते
वीरगञ्जमा घर टहरा हटाउने काम अन्तिम चरणमा
वीरगञ्जमा घर टहरा हटाउने काम अन्तिम चरणमा